बाढीले घरवार विहिन भइ छिमेकीको शरणमा बस्दै आएका कार्कीलाइ ओमनबाट राहत

अनिश शर्मा गैरे, गुल्मी २०७४ असोज ३ । गत साउन २० गतेको अविरल बर्षा सँगै आएको बाढीको कारण घर बगाएर घरवार विहिन भइ छिमेकीको शरणमा पुगेका गुल्मी मुसिकोट नगरपालिकाका एक पीडितलाइ गुल्मी सेवा समाज ओमनले राहात हस्तारन्तरण गरेको छ ।

मुसिकोट नगरपालिका ३ मा बर्षा सँगै बडीगाड खोलामा आएको बाढीले घर बगाए पछि छिमेकीको शरणमा रहेका रुद्र बहादुर कार्कीलाइ राहत हस्तान्तरण गरिएको हो ।
मुसिकोट नगरपालिकाको कार्यालयमा एक कार्यक्रम आयोजना गरी गुल्मी सेवा समाज ओमनका सदस्य कृष्ण पाण्ड्येले हस्तान्तरण गरेका हुन । समाजबाट संकलित रकम २० हजार मुसिकोटका मेयर सोमनाथ सापकोटालाइ सदस्य पाण्डेले हस्तान्तरण गरेका थिए भने मेयर सापकोटाले पीडित कार्कीलाइ हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण पछि बोल्दै नगरप्रमुख सापकोटाले समाजले जिल्लाका बिभिन्न दैवी पीडित, दुखीहरुको क्षेत्रमा गरेको काम प्रशंसनीय भएको बताए । ‘गुल्मी सेवा समाज जस्ता संस्थाले गुल्मेलीको लागि गरेको सहयोगले धेरैले नवजीवन पाइरहेका छन’ नगरप्रमुख सापकोटाले भने ‘यसरी बिपदमा परेका मानिसहरुलाइ सहयोग गर्नु नै मानवता हो’ । उनले पीडित कार्कीलाइ अझै सहयोग गर्नमा आफुहरु पनि सक्दो प्रयासमा रहीरहेको बताउँदै अरुबाट पनि यस्तै सहयोगको अपेक्षा भएको बताए ।

आइतबार मात्रै आफ्नो घर मुसिकोट आएका समाजका सदस्य पाण्डेय आफ्नो परिवार सँग पनि राम्रो सँग भेटघाट नगरी तत्काल राहत हस्तान्तरण गर्न पुगेका थिए । ‘मेरो परिवारलाइ भेट्न मसँग प्रशस्त समय छ, तर पीडितलाइ सक्दो चाँडो राहत पुर्याउने भनेर तुरुन्तै आएको हुँ’ उनले भने । दैवी पीडितहरुलाइ सानो भएपनि राहात हस्तान्तरण गर्न पाउदा आफु र आफ्नो संस्था पनि गौरवान्वित भएको बताए ।

गत साल पनि बडीगाड खोलाले उनको पुरै खेत बगाएको थियो । अहिले पनि बाँकी रहेको त्यही घर पनि बगाएर लैजादा उनीलाइ बज्रपात परेको छ ।

कार्की केही बर्ष अघि आफुले जग्गा किनेर झेँदीमै बस्ने उद्धेश्यका साथ घर पनि बनाएको तर दुइ बर्षमा बाढीले बित्यास निम्त्याएपछि समस्या परेको छ । ‘गत असार २६ गते सो नया घरमा सर्ने भनेर योजना पनि बनाएका थियौ’ कार्कीले भने ‘बाबुको अंशमा परेर आएको सो घर र खेतले खेतले बगायो, अब कता बस्ने भन्ने चिन्ता छ’ ।

उनी अहिले छिमेकी भुवनसिँह भटट्राइको घरमा बस्दै आएका छन । अहिले सम्म जिल्ला प्रशासन कार्यालय, रेडक्रस तथा मुसिकोट नगरपालिका बाट केही रकम पाएको उनले बताए । प्रशासनले ९ हजार, रेडक्रसले त्रिपाल तथा मुसिकोट नगरपालिकाले ५ हजार रुपैया सहयोग गरेको भएपनि उनीलाइ अरु राहात मिल्न सकेको थिएन ।

अहिले गुल्मी सेवा समाजले उनलाइ २० हजार रकम हस्तान्तरण गरेको हो । कार्कीले यसरी सहयोग गर्ने गुल्मी सेवा समाज ओमन प्रति आभार ब्यक्त गरेका छन । उनले दुखेको घाउमा समाजले मलहम लगाएको बताए ।

संस्था गत बैशाख महिनामा मात्र स्थापना भएको थियो । १२ जना सदस्यहरु मिली खोलीएको सो संस्थामा अहिले झण्डै ७० सदस्यहरु पुगीसकेका छन । सो संस्थाले यस बर्ष तराइमा आएको बाढीमा पनि झण्डै ५० हजार बराबरको राहात बितरण गरेको थियो ।

सो संस्था आगामी दिनमा सहयोगको राशी अझै बढाउदै लैजाने बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *