लायन्स क्लबव्दारा निसीखोला गापाका पहिरो पीडितलाई राहत समाग्री हस्तान्तरण

छबिलाल पाण्डे बुर्तिबाङ २०७४ असोज २ । लायन्स क्लबद्धारा निसीखोला गाँउपालिका वडा नँ १ र २ का पहिरो पीडित परिवारलाई राहत हस्तान्तरण गरिएको छ । गत साउन २० गतेको बर्षातका कारण घर भत्किएर परिवारका सदस्य गुमाएका तथा पुर्ण रुपमा घरक्षति भएका ३१ घरपरिवारलाई बिभिन्न राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

निसीखोला गाँउपालीका १ लायन्स क्लब अञ्चल सम्योजक डिआर पोख्रेलको अध्यक्षता, सोहि क्लबका सिनीयर एडभाईजर राम बस्यालको प्रमुख आतिथ्यता, निसीखोला गाँउपालिका प्रमुख तारानाथ पौडेल, उपप्रमुख सोभा कुमारी कार्की, वडा नँ १ का अध्यक्ष ईन्द्र बहादुर मल्ल, लायन्स क्लबका कार्डिनेटर सुदिप ढुंगाना, दुर्गा बहादुर कुुँवर, चन्द्रराज रेग्मि, यम बहादुर श्रीस, बुर्तिबाङ सदस्य दिपेन्द्र श्रेष्ठ, तेजेन्द्र केसी, लियो क्लबका कुलदिप क्षेत्री लगाएतको उपस्थितिमा निसीखोला गाँउपालीका वडा नँ १ र २ का ३१ घरपरीवारलाई ६ फुटका १९३ र ९फुटका १९० कर्कटपाता, २० पोका चामल, भाँडाकुँडामा प्रेसर कुकर, थाल,कचौरा, त्रिपाल, बलाँगकेट, डाडु पनीयो, मसला लगाएतका राहत सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रम लायन्स क्लबका नरेश कँडेलको सञ्चालनमासम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *