जनप्रिय दुग्ध उत्पादक सहकारी संस्थाको छैठौँ बार्षिक साधारण सभा सम्पन्न

भरतप्रसाद सापकोटा, बागलुङ २०७४ असोन २ । काठेखोला गाउपालिका ५ बिहुँकोटमा जनप्रिय दुग्ध उत्पादक संहकारी संस्थाले छैठौँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ।

उक्त कार्यक्रम वडा अध्यक्ष शिव प्रसाद कडेल बागलुङ दुग्ध उत्पादक संहकारी संस्थाका अध्यक्ष युक्तप्रसाद कडेल,संगम कृषि सहकारी संस्थाका अध्यक्ष प्रेम पुन वडा सदस्य भुमिश्वर कडेंललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बागलुङ सहकारी संस्थाका अध्यक्ष युक्तप्रसाद कडेलले बोल्दै अबको अवस्थामा सहकारीको माध्यबाट ब्यबसायिक कृषिको बाटोमा जोड्दै आम्दानीको श्रोतलाई मजबुद बनाउन दृढ़ भएर लाग्न आग्रह गरे।

यस दुध उत्पादक संहकारी कै माध्यम बाटै बार्षिक ३० लाख रुपयाँ यस गाउँका कृषकहरुमा भित्रिएको बताउदै यसको विकाशको लागि आधुनिक ढंगबाट सेयर सदस्यहरुलाई लाग्न अनुरोध गरे ।

उनले मध्यपहाडी लोकमार्ग संग जोडिसकेकाले ब्यबसाक यि र आधुनिक कृषि प्रणालिको माध्यमबाट यस सहकारी र यहाँका कृषकहरुको आम्दानीको श्रोत बढाउन सकिने तर्फ संकेत गर्दै त्यो काम गर्न ढिलाई गर्न नहुने प्रति सचेत गराए।

अर्का अतिथि वडा अध्यक्ष शिव प्रसाद कडेलले सहकारीको माध्यमबाट जनताको हरेक आर्थिक विकाशमा टेवा पुग्ने बताउदै बजेट तर्जु मा गर्दा यस्ता विभिन्न क्षेत्रहरु छुटेको हुदा आगामी निति तथा कार्यक्रममा सामवेश गर्ने जनाए ।

कार्यक्रम संगम सहकारीका अध्यक्ष प्रेम पुन यसै सहकारीका पुर्व अध्यक्ष ऋृषिराम कडेल लगाएत ले बोलेका थिए । आर्थिक प्रतिवेदन कोषाध्यक्ष चण्डिप्रसाद कडेल साथै लेखा तथा प्रगति प्रतिवेदन सचिव धनबहादुर सापकोटाले प्रस्तुत गरेको कार्यक्रमको सन्चालन लेखा समितिका संयोजक देवनारायण सापकोटाले गरेका थिए ।

कार्यक्रम उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *