Menu

तालिम नै सन्चालन नगरी सिकर्मी तालिमलाई आएको रकम हिनामिना गर्ने माथि कार्वाही होला ?

विजय राना, बागलुङ २०७४ असोज २ । बागलुङ सदरमुकाम स्थित कार्यालयहरु मध्य कम चर्चामा आउने उद्योग विकास शाखा (साविक घरेलु तथा साना उद्योग विकास समिति)अहिले चर्चाको शिखरमा छ । जिल्लामा तलिम प्रदान गरेर उद्योगी, व्यवसायी उत्पादन गर्नमा अत्यन्त महत्वपूर्ण भुमिका र दायित्व सम्हालेको यो शाखाले तालिमनै सन्चालन नगरी निकासा भएको रकम कागजी परिपन्च मिलाएर तालिम दिने र लिनेहरुको आपसी सहमतिमा हिनामिना गरिएको रहस्य बाहिर आएको हो ।

समाचार श्रोतका अनुसार यस शाखाले बागलुङले सिकर्मीहरुको लागि २०७३ साल चैत ३१ देखि २०७४ साल जेठ १४ गते सम्म सञ्चालन गर्ने तालिमको सूचना प्रकाशित ग-यो । तालिम लिन चाहने ईच्छुकहरुले आवेदन दिए । तर तोकिएको समयमा न कार्यालयले तालिम सन्चालन ग-यो न तालिमका लागि आवेदन दिनेहरुले एक दिन तालिम नै लिए । तालिम नलिएपनि आवेदन दिएकाहरुले घर बसीबसी रु ३५ सय भत्ता सहित प्रमाण–पत्र बुझे । प्रतिदिन १ सयका दरले तालिम भत्ता पाउनु पर्नेमा कथित तालिम कर्ताहरुले हिसावमा ४५ सय पाउनु पर्ने हो तर उनिहरुले ३५ सय मात्र बुझेको बताएका छन् ।

यस बारेमा जानकारी लिन खोज्दा शाखाका निर्देशक विश्वप्रेम ढकालले आफु काठमाडौ भएको बताउदै आफु फर्किएपछी सूचना दिन्छु भनेर आलटाल गरे भने निमित्त प्रमुखको जिम्मा पाएका बरिष्ठ लेखा अधिकृत अर्जुन प्रसाद नेपालले समेत कुनै पनि सूचना दिन चाहेनन् ।

सूचना अधिकारी समेत रहेका नेपालसंग सिकर्मी तालिमको लागि विनियोजित बजेट, सहभागिहरुको उपस्थिति लगायतका केही कागाजात माग्दा कार्यालय प्रमुख नभएकोले दिन नमिल्ने स्पष्ट पारे ।

यो घटना जिल्ला प्रशासन कार्यालय बागलुङको संज्ञानमा छ । प्रजिअ विष्णुबहादुर थापाले लिखित उजुरी आएमा छानविन गरी कार्बाही अगाडी बढाउने बताएका छन् ।

तालिम नै सन्चालन नगरी झुठा विवरण पेस गर्ने कर्मचारी र एक दिन तालिम नलिएर भत्ता र प्रमाणपत्र बुझ्नेहरुमाथी तत्काल छानविन गरी कार्वाही अगाडी बढाउन नागरिक समाजले जोडदार माग गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *