बडीगाड नदीले जमिन कटान र पहिरो खस्दा भर्मचौर बस्ती उच्च जोखिममा

कौरव खत्री, गुल्मी २०७४ असोज २ । गुल्मीको मुसिकोट नगरपालिका १ भर्मचौरका बस्तीहरुलाई बडीगाड नदीले दिनानुदिन जमिन कटान गदै जाँदा बस्ती नै उच्च जोखिममा परेको छ ।

बर्षातको समयमा अविरल बर्षासँगै बडीगाड नदीमा पानीको बहाव उच्च हुने र दिनानुदिन नदीले एकतर्फी जमिन कटानले पहिरो खस्दै जादा भर्मचौरका ७ घरधुरी रहेको बस्ती नदीको उच्च जोखिममा रहेको स्थानीय समाजसेवी दिनानाथ पौड्यालले ईबागलुङलाई बताए । यस्तै अन्य ३२ घरधुरीका उपभोक्क्ताहरु पनि जोखिममा रहेको समाजसेवी पौड्यालले जानकारी दिए ।

बस्ती जोगाउन आफूहरुले सम्वन्धित निकाय अन्र्तगत जिल्ला र केन्द्रमा धाएर पनि कहिकतैबाट सहयोग नमिलेको समाजसेवी पौड्यालको गुनासो थियो ।

पौड्यालले उचित समयमा तटबन्ध र नियन्त्रण गर्न नसक्दा बर्षेनी नदीले जमिन कटान गरेर पहिरो खसिरहदा बस्ती नजिकै नदी र पहिरो पुग्न थालेपछि बस्तीहरुलाई धेरै बर्षात हुदा त झनै नदीको बहाव बढ्ने र पहिरोले बस्तीलाई नै तान्ने र बगाउने होकी भन्ने चिन्ताले अर्कैको घरमा गएर रात काट्नु पर्ने ढुक्कले घरमा बस्न मुस्किल हुने गरेको बताए ।

नदीले जमिन गर्दा भर्माचौर नमूना एकिकृत कृषि फर्म र बस्तीसँगै बीचमा रहेको बालकल्याण प्रावि भर्माचौरलाई समेत असर पुगेको छ ।

तस्वीर ः कौरव खत्री

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *