ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा भव्यरुपमा मनाईयो विश्वकर्मा पूजा

योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ २०७४ असोज १ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा बिश्वकर्मा पुजा आयोजक समितिले बिगतका बर्षमा जस्तै यस बर्ष पनि ‘बिश्वकर्मा बाबाको जय, हामी मजदुर सबै एक हौँ भन्ने नाराका साथ बिभिन्न कार्यक्रम गरि मनाएको छ ।

सस्थाका सदस्य दीपक कुमार अदैको अध्यक्षता रहको कार्यक्रममा ढोरपाटन नगरपालिका वडा न.१ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि भण्डारीले कार्यक्रमको ब्यानर खोलेर विश्वकर्मा बाबाको मुर्तिमा माला अबिर लगाई कार्यक्रको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले बिश्वकर्मा बाबा हस्तकला शिल्पकार, हतियारबिज्ञका रुपमा कला अनि हजारौँ वस्तुगत रचनाका प्रेरणाको सा्रेत भएकोले सम्मान गर्नु पर्ने हामी सबै नेपाली श्रमजिीव भएकोले सबैले कामको सम्मान गर्नु पर्ने बताए । कोहि धनी कोहि गरिब नभनि सबै बराबर श्रमजिवी भएकोले आजको दिनलाई सबैले खुसीको दिनको रुपमा मनाउनु पर्ने बताए ।

कर्यक्रममा ढोरपाटन नगरपालिका वडा न.२ का युवराज महत वडा न.३ का हेमेन्द्र घर्ति एकिकृत सेवाकेन्द्र बुर्तिबाङका नायब सुब्बा लोक बहादुर कुवँर इलाका प्रहरीकार्यलयका बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण बहादुर राना,राइजिङ युवा क्लबका उपाध्यक्ष बुद्धजगं बिश्वकर्मा सामुदायि रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छबिलाल पाण्डे रेडियो बुर्तिबाङका योगेन्द्र विश्वकर्मा लगाएको उपस्थिति रहेको थियो।

सो अबसरमा एकल नृत्य प्रतियोगिता र नब प्रतिभा सम्मान कार्यक्रम समेत राखियको थियो। २२ टिमको सहभातिता रहेको नृत्य प्रतियोगितामा शोभा बिश्वकर्मा प्रथम, सबिना खतुन द्धितिय कल्पना सुनार तृतिय मनिषा भण्डारी र स्मृति पुन शान्त्वना भएका छन भने नबप्रतिभा पुरसकार जसमिन छन्त्याल र ममता छन्त्यालले प्राप्त गरेका छन्।

आयोजक समितिका सदस्य गुञ्ज बहादुर भण्डारीको स्वागत मन्तब्य रहेको कार्यक्रमकोे सञ्चालन गोपाल महतले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *