निसीखोला र ढोनपाका पहिरा पीडितहरुलाई सांंसद छन्त्यालव्दारा राहत वितरण

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ असोज १ । सांसद ज्ञानकुमारी छन्त्याल व्दारा निसीखोला गाँउपालिका र ढोरपाटन नगरपालिकाका पहिरोमा परि ज्यान गुमाएका परिवारका सदस्यलाई आईतबार राहतरकम हस्तान्तरण गरीएको छ ।

सांसदको सक्रियतामा स्वदेश तथा बिदेशमा रहेका बिभिन्न ब्यतिmहरुबाट सँकलन गरिएको ६० हजार रुपैया प्रति मृतक १० हजार रुपैयाका दरले राहत वितरण गरिएको हो ।
बुर्तिबाङ स्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका अबसरमा सांसद छन्त्यालले पीडित निसीखोला गाँउपालीका २ का मनीमान छन्त्यालका छोरा रेमबहादुर छन्त्याललाई परिवारका चारजनाको निधनमा प्रति मृतक १० हजारका दरले ४० हजार , निसिखोला गाँउपालीका वडा नँ १ हुल्दीमा मृतकखगिमला सिँजालीका छोरा लोकेन्द्र सिँजाली र ढोरपाटन नगरपालीका वडा नँ ५मृतक आमेप्रसाद बिककी श्रीमती दिलकुमारी बिकलाई १०÷१० हजारका दरले राहतहस्तान्तरण गरीएको हो ।

कार्यक्रममा बोल्दै सांसद छन्त्यालले आफुले घटनाको बिषयमा पटक पटक सँसद र प्रधानमन्त्री दैबी प्रकोप कोषमा ध्यानाकर्षण गराईरहेको र अब
केहि समयमै मृतकका परिवारलाई राज्यबाट राहत उपलब्ध हुने बताउँदै वडा नँ १ हुल्दिमा बस्तिनै स्थान्तरणको अबस्था रहेका कारण त्यस बिषयमा समेत आफुलेबिभिन्न निकायमा ध्यानाकर्षण गराएको स्पष्ट पारिन ।

नेपाली काँग्रेस ढोरपाटन नगरकमिटी सयोजक सालीकराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा ढोरपाटन नगरपालीका वडा नँ १ का अध्यक्ष चित्र भण्डारी, निसीखोला गाँउपालीका वडा नँ १ का अध्यक्ष ईन्द्र मल्ल, ७ का अध्यक्ष तेजिन्द्र बिक्रम कुवँर, नेपाली काँँग्रेस महाधिबेशन प्रतिनीधि धीरप्रतापसिँह, सिँह बहादुर राना, कृष्ण केसी, नेपाली काँग्रेस पुर्व क्षेत्रिय अध्यक्ष नरबहादुर गुरुङ, लगाएत बिभिन्ननेता कार्यक्रताको समेत उपश्थिती रहेको थियो । कार्यक्रम महाधिबेशन प्रतिनीधि सागर छन्त्यालले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *