आज देखि धुर्कोट गाउपालिकामा मदिरा बेच्न बन्देज

प्रेम सुुनार गुल्मी २०७४ असोज १ । केहि दिन अघि मदिरा नियन्त्रणका लागि निश्चित मादण्डको निर्णय गरेको धुर्कोट गाउँपालिमा आज देखि तोकेको समय वाहेक अन्य समयमा मदिरा बेच्न बन्देज गरिएको छ ।

गर्मीयाममा साँझ ६ देखि ८ वजे सम्म मात्रै मदिरा बेच्न पाईने र जाडोयाममा साँझ ५ देखि ७ वजे वेच्न पाईने छ । अन्य समयमा बेचेको पाईएमा जरीवाना संगै त्यस्ता पसल समेत बन्दा गरिने कडा निर्णय भएको त्यस गाउँपालिकाकी प्रवत्ता कविता बिकले जानकारी दिईन् ।

वडा नम्वर ४ जैसथोकमा मात्रै यस्तो निर्णय गरे लगत्तै मदिर बेच्ने अनुमति लिनेहरुको सख्या बढेको त्यहाँका वडा सचिव विनोदप्रसाद पोखरेलले बताए । अहिले सम्म करिव १० वडा पसलहरुले लाईसेन्स लिई सकेको बताउँदै पोखरेलले यसबाट राजश्वमा समेत बृद्धि हुने र विकृति विसंगतिमा समेत कमी आउने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *