हाइटेन्सन लाइन चुँडिएर करेन्ट लाग्दा १३ जना घाइते, २ को अवस्था गम्भीर !

महेन्द्र केसी, पर्वत २०७४ असोज १ । पर्वतको मोदी गाउँपालिका ८ चित्रेमा नेपाल विद्युत प्राधिकरणको ११ केभिएको हाइटेन्सन लाइन चुँडिएर करेन्ट लाग्दा दुई स्कुले बालिकासहित १३ जना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको छ ।

दिउँसो ४ बजे विद्युत प्रवाह भइरहेको लाइन चुँडिएर घरमा वितरण गरिएको तल्लो लाइनमा करेण्ट प्रवाह हुँदा चित्रेको ओडारे, स्यानी उकाली र तोरिस्वाँरा गरी छुट्टाछुट्टै स्थानमा करेण्ट प्रवाह भएको थियो । घाइते मध्ये स्कुलबाट घर फर्कँदै गरेका १२ वर्षीया आरती परियार र सन्तोषी विकको हात करेण्टले जलेको र शरीरको अन्य भागमा समेत करेण्ट लागेको स्थानीय पञ्चकोशी आधारभुत विद्यालयका प्रधानाध्यापक मधुसुदन अधिकारीले जानकारी दिए । उनीहरुको अवस्था गम्भीर रहेको उपचारका लागि पोखरा लगिएको छ । थप विवरण आउन बाँकी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *