गल्कोटमा नेपाली काँग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

गुमानसिँह भण्डारी, गल्कोट २०७४ असोज १ । नेपाली काग्रेस गलकोट नगरपालिकाको समिक्षा बैठक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथीको आसनबाट बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले हरेक बिकासको लागी आफु सधै जनता संग हातेमालो गर्ने बताए ।
उनले कर्मचारीको अभाबले नगरको कार्यसम्पादनमा समस्या भएको बताउदै नगर प्रमुख गैरेले सबै कार्यक्रममा हरेक क्षेत्रलाई समान महत्बका साथ प्राथमिकीकरण गर्ने प्रयासमा जुटेको जानकारी दिए । गैरेले जनप्रतिनिधीलाई कर्तब्य प्रति जिम्मेबार, गतिबिधी प्रति सचेत बनाउने पनि बताए ।

कार्यक्रममा पुर्व सांसद निरज पुनले गलकोट क्षेत्रमा काग्रेसको बाहुल्यता बढि रहेको भन्दै कार्यकर्ताहरुलाई सधै काग्रेसको निति तथा सिद्धान्तका आधारमा अगाडि बढाउनुपर्ने बताए । उनले बिकास निर्माणका काममा काग्रेसले कहिले पनि कुनै कसुर बाकी नराख्ने स्पष्ट पारेका थिए । कार्यक्रममा नेपाली काग्रेसका महाधिबेसन प्रतिनिधि मञ्जु शर्मा चालिसे, महाधिबेसन प्रतिनिधि यम श्रीस, नेपाली काग्रेसका क्षेत्रीय उपसभापति राम बहादुर खत्री, जिल्ला सदस्य फम खत्री, पुर्व महाधिबेसन प्रतिनिधि डिलाराम सुवेदी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रम नेपाली काग्रेस गलकोट नगर संयोजक नारायणध्वज मल्लको अध्यक्षता, सहसंयोजक ढालिन्द्रप्रसाद गौतमको स्वागत मन्तब्य र सहसंयोजक वीरजङ भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *