बुर्तिवाङमा ३ महिने सिलाई कटाई तालिमको उद्घाटन

मिनु बीसी, बुर्तिवाङ २०७४ असोज १ । बुर्तिवाङ महिला समन्वय समितिव्दारा आयोजित सिलाई कटाई तालिम आज देखी बुर्तिवाङमा सुरु भएको छ ।
तालिमको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथी ढोरपाटन नगरपालिकाकी उपमेयर करमती पुनले गरेकी थिईन् भने कार्यक्रमको अध्यक्षता दिलमायाँ पौवीले गरेकी थिईन् ।

कार्यक्रममा प्रहरी निरीक्षक कृष्ण रानामगर, नासु लोकबहादुर कुवर विभिन्न राजनीतिक दलहरुका प्रतिनिधी, महिला स्वयंसेविका लगायत विभिन्न स्थानबाट आएका महिलाहरुको व्यापक सहभागिता रहेको थियो ।

तालिमको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरुमा दुर्गादेबी घर्ती, महिला समन्वय समितिकी सदस्य, बेली छ्न्त्याल, ढोरपाटन नगर पालिका वडा न ३ कि स्वयमसेविका ,रेडियो परिवर्तनका प्रतिनिधि सुमन सुनार, रेडियो ढोरपाटनकी प्रतिनिधीमिनु बि सि रहेका थिए ।

त्यसैगरेर शुभकामना मन्तब्य दिनेहरुमा थुमकला पौडेल वडा न १ कि स्वयमसेवक ढल बहादुर भण्डारी, राजमोका पार्टी प्रतिनिधि सालिगराम शर्मा, नेपाली काग्रेस ग्रामसमितिका सभापति ढोरपाटन नगर पालिकाको संयोजक , स्वयम्सेविका बसन्ती पाण्डे, ईलाका प्रशासन का लोक बहादुर कुवर, उपमेयर कर्मती पुन दिलमाया पौबी रहेका थिए ।

सो अवसरमा प्रत्यक वडामा स्ट्रेचर वितरण गरिएको थियो ।

कार्यक्रममा बुर्तिबाङ महिला समन्वय समितिकी सदस्य कुमारी पुनको स्वागत मन्तब्य रहेको थियो । कार्यक्रमको सन्चालन सस्थाकी सदस्य कमला अर्यालले गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *