रानाको अध्यक्षतामा पर्यटन पत्रकार संघ तदर्थ समिति गठन

कमल राना, बागलुङ २०७४ भदौ ३१ । बागलुङमा क्रियाशिल पत्रकारहरुको शनिवार भएको भेलाले विजय रानाको अध्यक्षतामा ११ सदस्यीय पर्यटन पत्रकार संघ तदर्थ समिति गठन गरेको छ ।

जिल्लाका पर्यटकीय सम्भावना भएका विभिन्न क्षेत्रको खोज, प्रचारप्रसार तथा प्रवर्धन गर्ने उद्धेश्यले पर्यटन पत्रकार संघ गठन गरिएको हो ।

संघको उपाध्यक्षमा नारायण रिजाल, सचिवमा रबिना बोहरा, सह–सचिवमा कृष्ण कँडेल र कोषाध्यक्षमा अञ्जु सेञ्चुरी रहेका छन् ।

सदस्यहरुमा संगम घर्ती, अर्जुन कार्की, त्रिलोचन रिजाल रहेका छन् भने जिल्लाका गलकोट, बुर्तिवाङ र बरेङ क्षेत्रबाट तदर्थ समितिको पहिलो बैठकले एक–एक सदस्यीय पछि थप गर्ने निर्णय गरेकोे छ ।

भेलाले केन्द्रिय पार्षदमा ताराप्रसाद शर्मा ‘स्टार’ र विक्रम सुनारलाई चयन गरेको छ । साथै आगामी असोज ४ गते बर्दियामा हुने पर्यटन पत्रकार संघको महाधिवेशनमा बागलुङबाट केन्द्रिय सदस्यमा उमेदवारी दिने समेत निर्णय गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *