हिलमा एमाले कार्यकता भेघाट कार्यक्रम सम्पन्न

शान्त खत्री मौसम, गल्कोट २०७४ भदौ ३१ । ताराखोला गाउपालिका वडा नम्बर ३ मा नेकपा एमालेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला सचिवालय सदस्य सञ्जयकुमार श्रेष्ठले पार्टी संगठनको बिषयमा जानकारी दिदै ताराखोला गाउपालिकामा पार्टीको संगठन बिस्तारले तिब्रता पाएको बताए । कार्यक्रममा पार्टीका सदस्य नर बहादुर न्युरेको सहभागीता रहेको थियो ।

कार्यक्रम वडा समिति अध्यक्ष मन बहादुर लामिछानेको अध्यक्षता र सचिव दुर्गा बगालेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *