डा. तरुण पौडेल चिकित्सा पुरस्कार डा. ओझा तथा सम्मान ओमकुमारी शान्ति कोष म्याग्दीलाई

बागलुङ, २०७४ भदौ ३१ । डा. तरुण पौडेल चिकित्सा कोषको चौथो बार्षिक पुरस्कार एवं सम्मान समारोह शनिवार सम्पन्न भएको छ ।

यस वर्षको डा तरुण पौडेल चिकित्सा पुरस्कार २०७४ मानसिक रोग विशेषज्ञ प्रा.डा.सरोजप्रसाद वझालाइ प्रदान गरिएको छ भने २०७४ को सम्मान ओमकुमारी शान्ति कोष म्याग्दीलाई प्रदान गरिएको छ ।

शनिवार आयोजित कार्यक्रमका प्रमुख अतिथी बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले डा तरुण पौडेल चिकित्सा पुरस्कार डा ओझा र सम्मान ओमकुमारी शान्ति कोषका लागि कोषका अध्यक्ष राजेश शाक्यलाई प्रदान गरेकाथिए ।

सोही अवसरमा प्रोत्साहन पुरस्कारबाट बागलुङका अनमी हिमाकुमारी श्रीस, म्याग्दीका सिअहेब हरिलाल अधिकारी, मुस्ताङका जस्वाअ सीताराम कार्की र पर्वतका जस्वाअ रुद्र शर्मा सापकोटा पुरस्कृत भएका थिए ।

समारोहमा पुरस्कृत डा सरोजप्रसाद वझा,सम्मानित राजेश शाक्य ,समाजसेवी देवबहादुर श्रेष्ठ, डा सागर राजभण्डारी, हरिलाल अधिकारी, रुद्र शर्मा सापकोटा, डा तरुण पौडेलको मतब्य, डा सरोज वझाको परिचय श्याम श्रेष्ठ र ओमकुमारी शान्ति कोषको परिचय हरिकृष्ण स्वागत शकुन्तला शर्मा र सन्चालन सदस्य टेकनारायण शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *