माओवादी केन्द्रको संगठन सुदृढिकरण अभियान रिघामा सम्पन्न

थम्मन थापा सन्देश, गल्कोट २०७४ भदौ ३१ । नेकपा माओवादी केन्द्रको संगठन सुदृढिकरण अभियान अन्तरगत गलकोट नगरपालिका- ११ रिघामा बैठक तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक समिति सदस्य तथा बागलुङ जिल्ला सहसंयोजक राजिव घिमिरेले माओवादीका हरेक एेजेण्डाले जितेको भएपनि जनतालाई वास्तविकता बुझाउन नसक्दा स्थानिय तहको नतिजा अपेक्षाकृत नभएको बताए ।

बैठकले विभिन्न जनवर्गीय संगठनको वडा समितिहरु गठन गरेको छ । जस अन्तरगत लोकेन्द्र सिङजालीको संयोजकत्वमा ५५ सदस्यीय वाई सि यल, सरिता नेपालीको संयोजकत्वमा २५ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी, कविराज नेपालीको संयोजकत्वमा ११ सदस्यीय नेपाल दलित मुक्ति मोर्चा र सिर्जना घर्ती संयोजक रहेको एकिकृत अखिल नेपाल शिक्षक संगठन गठन गरेको छ ।

सो अवसरमा नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटी उपाध्यक्ष गंगा भुजेल र सचिव खिम साहानीले प्रशिक्षण मन्तव्य राखेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका वडा भित्रका विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि, पार्टी सदस्यहरु लगायतको व्यापक सहभागिता रहेको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ११ रिघाका अध्यक्ष नर बहादुर घर्तीको अध्यक्षता, सदस्य प्रकाश राकसकोटीको स्वागत र सदस्य एसिया सिङजालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच नेकपा माओवादी केन्द्र बागलुङको संगठन सुदृढिकरण अभियान अन्तरगत जैमिनी नगरपालिका ५ बिनामारेमा बैठक तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र जैमिनी नगर समिति अध्यक्ष लाल बहादुर परियार र एकिकृत अखिल नेपाल शिक्षक संगठन जैमिनी नगर समिति कोषाध्यक्ष बुद्वि प्रसाद शर्माले प्रशिक्षण मन्तव्य मन्तव्य राखेका थिए । बैठकले नारायण शर्मा रेग्मीको संयोजकत्वमा ११ सदस्यीय नेकपा माओवादी केन्द्र जैमिनि नगर जनपरिषद गठन गरेको छ ।

कार्यक्रममा वडा भित्रका नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठनका प्रतिनिधीहरु, पार्टी सदस्यहरु लगायतको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रम जैमिनी नगरपालिका ५ बिनामारेका अध्यक्ष नारायण प्रसाद शर्मा रेग्मीको अध्यक्षता, उपाध्यक्ष गोपाल विश्वकर्माको स्वागत र सदस्य उपेन्द्र गिरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *