मुसिकोट १ मा धानबाली प्याकेट समिति गठन

कौरव खत्री, गुल्मी २०७४ भदौ ३१ । गुल्मीको मुसिकोट नगरपालिका १ पौदी अरेवा पास्तीमा थान बहादुर बलामीको संयोजकत्वमा ९ सदस्यीय धानबाली प्याकेट समितिको गठन गरिएको छ ।

समितिको सह–संयोजकमा रुद्र गिरी,सचिव पदमराज घिमिरे,सह–सचिव लक्ष्मी हितान अन्य सदस्यहरुमा गिता दर्लामी, मनिकला घिमिरे, कमला दर्लामी, मुरारीप्रसाद घिमिरे, लक्ष्मी गिरी रहेका छन् ।

यस समितिले धानखेतीलाई आवश्यक पर्ने सिँचाईको व्यवस्था, तरकारी खेतीलाई समेत सिचाईमा सहयोग पुग्ने मुसिकोट नगरपालिका १ का वडाअध्यक्ष पूर्ण बहादुर हितानले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *