Menu

युवा संघ नेपाल ढोनपाको प्रथम नगर अधिबेशन तथा संगठन बिस्तार कार्यक्रम सम्पन्न

झरना कँडेल, बुर्तिवाङ २०७४ भदौ ३१ । युवा संघ नेपाल ढोरपाटन नगरपालीकाको प्रथम नगर अधिबेशन तथा संगठन बिस्तार कार्यक्रम शनिवार बुर्तिबाङमा सम्पन्न भएको छ । युवा संघ नेपाल ढोरपाटन नगर कमीटी बागलुङको आयोजनामा न्यायप्रेमी युवाहरु युवा संघमा , सामाजिक परिवर्तन युवाको काधमा भन्ने मुल नाराका साथ कार्यक्रम भएको हो ।

कार्यक्रममा नेकपा एमालेका मोर्चा संगठन तथा क्षेत्रीय संगठनका अध्यक्ष उमेश बुढाको अध्यक्षता , नेकपा एमाले जिल्ला कमीटी सचिब लाल बहादुर थापाको प्रमुख आतिथ्यता रहेको तथा ढोरपाटन नगरपालीकाका उपप्रमुख करमती पुन को बिशीष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रमका अबसरमा बोल्दै प्रमुख अतिथी थापाले नेकपा एमाले देशको ठुलो पार्टी हुनु एमालेको बिशेषता भएको यसमा धेरै युवाहरुको बलिदान तथा पसिना रहेको बताउदै हामीले त्यो बलिदानलाई बिर्सन नहुने बताए । उनले जनता र सरकारको सम्बन्ध अलिक कमजोर भएकाले यसलाई प्रगाढ बनाउनका निम्ती बिभिन्न ठाउमा प्रशिक्षण तथा जनमुखी कार्यक्रमहरु गर्नुगर्ने बताए । साथै उनले कुनैपनि कुरा सिक्नका लागी के बन्यो भन्दा पनि कसरी बन्यो भन्ने कुरालाई बिशेष प्राथामिकतामा राख्नुपर्ने बताउदै हामीले आफ्नै देशमा केही नगर्ने ,जुनसुकै कुराको लागी पनि छिमेकी देशहरुलाई गुहार्ने प्रवृत्ती भएकाले यसलाई सुधार्न सके देश बिकासको गतितर्फ जान सक्ने समेत बताए ।

सोही अबसरमा आईलन घर्तिको अध्यक्ष्ताामा १४ सदस्यीय ढोनपा नगर संगठन कमीटी बिस्तार गरिएको छ । जसको उपाध्यक्षमा पानस घर्ति,सचिबमा चुडामणी साप्कोटा , सहसचिबमा बोम बहादुर बिक ,कोषाध्यक्षमा एलीसा कुवंर, सदस्यहरुमा, बिकाश गीरी, नगेन्द्र भण्डारी, सशिला कंडेल , घनश्याम गैरे, बसन्त कंडेल, दिपक बुढा मगर, लीङ्कन बुढा मगर चकेन्द्र बिक र दिपेन्द्र बिक रहेका छन् ।

कायक्रमका अबसरमा युवा संघ नेपालका जिल्ला उपाध्यक्ष रेशम घर्तिमगर , संसदीय तथा स्थानीय मामिला बिभाग प्रदेश नं ४ का सदस्य टंक प्रसाद पौडेल, नेकपा एमाले जिल्ला कमीटी सदस्य तथा ढो.न.पा बडा नं ५ का जनप्रतिनीधी लक्ष्मण पुन मगर, वामपन्थी नेता दधीरम आर्याल, नेकपा एमाले जिल्ला कमीटी सदस्य बीर बहादुर बिश्वकर्मा, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा ढोनपा बडा न. ९ का अध्यक्ष हरी बहादुर घर्तिमगर लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

युवा संंघ नेपाल बागलुङमा जिल्ला सदस्य ढालेन्द्र पुनमगरको स्वागत मन्तब्य, बिभिन्न वडाका प्रतिनीधीहरुको अतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन युवा संघ जिल्ला सदस्य बागलुङका सदस्य शिबराज कंडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *