ताराखोला लाबाङ प्राथमिक विद्यालयको बार्षिकोत्सब जारी !

पूर्ण भद्र निउरे, बागलुङ तारा २०७४ भदौ ३१ । तारा लाबाङ प्राथमिक बिधालय ताराखोला गाउँ पालिका ५ तारा को २० औ बार्षिकोसबको समुद्घाटन कार्यक्रम शनिवार सम्पन्न भएको छ । बार्षिकोत्सबको उदघाटन पछी ताराखोला गाउँ पालिकाका उपाध्यक्ष दिल कुमारी रोका पुनले सामुदायिक बिद्यालयको सम्पूर्ण पक्षको बिकासका लागि अभिभावक शिक्षक र बिद्यार्थी यी तीन पक्ष को सम्बन्ध सुमधुर हुनु पर्ने कुरा मा जोड दिईन्।

कार्यक्रममा बिद्यालयका सस्थापक कर्ण बहादुर चोखाल ,वडा न ४ का वडा सदस्य सपनादेबी बुढाथोकी वडा न ५ का वडा सदस्य दलराम पुन समाज सेवी धन प्रसाद बुढा लगायतले शुभकामना मन्तव्य राखेका थिए भने बिधालयका प्रअ पोक बहादुर घर्तीले बिद्यालय आ ब ७३र७४ को आर्थिक तथा प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।

बार्षिकोत्सबको अबसरमा बिद्यालयले यस अघि मा बि तह को बतृत्वकला, आघारभुत तहको नृत्य प्रतियोगिता , प्रा बि तह को हाजिरी जवाफ, शब्द निर्माण , चक्लेट संकलन जस्ता रचनात्मक बाल कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यसै बिच आज सम्पन्न साबिक तारा गाबिस भित्र को वार्ड स्तरीय पुरुष भलिबल मा ल्थ्ऋ तारा , मिरमिरे युवा क्लब , सीप युवा क्लब, लाबाङ प्रा बि तारा , नब प्रतिभा युवा क्लब र होलि पुर्णिमा युवा क्लब तेस्रो चरण मा प्रवेश गरेका छ्न ।

उदघाटन कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष कुल बहादुर खत्री को अध्यक्षता शिक्षक लाल बहादुर खड्काको संचालन र शिक्षक लालमाया घर्तीको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *