बडीगाड ७ मा महिला समन्वय समितिको नया नेतृत्व चयन

बिमल खड्का, खर्वाङ २०७४ भदौ ३१ । बागलुङ जिल्ला बडीगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेमा वडा स्तरीय महिला समन्वय समितिको शपनजा। नयाँ नेतृत्व चयन गरिएको छ । आज भएको कार्यक्रममा सुमित्रा घिमिरे खत्रीको अध्यक्षतामा १५ सदस्यीय महिला समन्वय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्ष भिमकुमारी केसी कोषाध्क्षय कमला दर्जि सचिव बर्सना पुन र सहसचि।वमा तुलसी बिक लगाएत अन्य सदस्यहश्र रहेका छन्।

गाउँपालिकाबाट लक्षित बर्गलाई छुटिएको रकमको बिभिन्न योजना बनाई ति योजनाहरुलाई कार्यान्वन गर्ने तथा कसरी महिलाहरूलाई सक्षम गराउन सकिन्छ भन्ने खालको चेतना मुलक कार्यक्रम गरिने सचिव पुनले बताईन् ।

शनिवार नै पदाधिकारीहरुलाई वडा अध्यक्ष कृष्ण गुरुङले शुभकामना दिदै वडाका सबैलाई समेटी वडामा जनचेतना मुलक कार्यत्रmम ल्याउन निर्देशन दिएका छन् । कार्यक्रममा सविक भिमगिठे गाविसकी महिला समन्वय समितिकी अध्यक्ष अनिता रायमाझीको अध्यक्षता वडा अध्यक्ष कृष्ण गुरुङको प्रमुख आथित्यता सदस्य सुमित्रा घिमिरे खत्रीको स्वागत मन्तव्य र संचालन सदस्य बिनिता पुनले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *