प्रकाश माध्यमिक विद्यालयको आर्थिक वर्ष २०७३/०७४ सामाजिक परिक्षण

खेमराज अर्याल, बुर्तिवाङ २०७४ भदौ ३१ । ढोरपाटन नगरपालिकाको वडा नम्बर ४ मा रहेको प्रकाश माध्यमिक विद्यालयको आर्थिक वर्ष २०७३/०७४ को आज शनिवार सामाजिक परीक्षण गरिएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक अभिभावक संघका पदाधिकारी अभिभावक शिक्षक लगाएतको सहभागिता रहेको थियो ।

सो अवसरमा प्रधानाध्यापक दुर्गा वहादुर थापाले विद्यालयको आर्थिक वर्ष २०७३÷०७४ को सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार विद्यालयको कुल आम्दानी ५२ लाख ६९ हजार ५८ रुपैयाँ ७४ पैसा कुल खर्च ४९ लाख २३ हजार ७ सय २४ रुपैयाँ ४३ पैसा र वचत ३ लाख ४५ हजार ३ सय ३४ रुपैयाँ ३१ पैसा रहेको छ ।

कार्यक्रममा पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष मिन वहादुर खत्री विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोरख वहादुर राना अभिभावकको तर्फबाट गमी बुढा सामाजिक परिक्षण समितिका तर्फबाट राम वहादुर राना लगाएतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष खडक वहादुर अर्गेजाको अध्यक्षता जिल्ला समन्वय समिति बागलुङकी सदस्य तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तारा कुमारी पुनको प्रमुख आतिथ्यता शिक्षिका लक्ष्मी पुनको स्वागत मन्तव्य र शिक्षक इश्वरी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !