ताराखोलामा नेपाली काँग्रेसको अगुवा कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम

गल्कोट तारा, २०७४ भदौ ३१ । नेपाली काग्रेस ताराखोला गाउपालिकाकाको आयोजनामा अगुवा कार्यकर्ता भेटघाट एवम शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै पुर्व सांसद निरज पुनले ताराखोला गाउपालिकामा नेपाली काग्रेसलाई सशक्त्त बनाउनुपर्ने बताउदै पछिल्लो समय नेपाली काग्रेसको केन्द्रिय तहभित्र समेत बिभिन्न समस्या देखिएका कारण त्यसको प्रभाव स्थानिय तहमा परेको भन्दै सबै कार्यकर्ताहरुलाई नेपाली काग्रेसको बिचार र सिद्धान्तका आधारमा अगाडि बढ्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाली काग्रेसका महाधिबेसन प्रतिनिधि मञ्जु शर्मा चालिसे, महाधिवेसन प्रतिनिधि यम बहादुर श्रीस, तमानखोला गाउपालिकाका प्रमुख जोकलाल बुढा, पुर्व क्षेत्रीय सभापति घनश्याम गौतम, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चिरन्जीवी गौतम, ताराखोला गाउपालिका वडा नम्बर ३ का अध्यक्ष कर्ण बहादुर कार्की, वडा नम्बर ५ का अध्यक्ष कलाधर सुवेदी, स्वतन्त्र बिद्यार्थी युनियन गलकोट बहुमुुखी क्यापसका सभापति गुमानसिह भण्डारी, नेपाल शिक्षक संघ ताराखोला गाउपालिकाका अध्यक्ष भिम बहादुर रोका, शिक्षक संद्य ताराखोलाका सल्लाकार भिमनाथ सुवेदी, रामलाल सुवेदी, क्षेत्रीय सदस्य भुवानन्द गैरे, वडा नम्बर १ का पुर्व गाबिस अध्यक्ष नन्दलाल गैरे लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाली काग्रेस ताराखोला गाउपालिकाका संयोजक कमलापति पाठकको अध्यक्षता, क्षेत्रीय प्रतिनिधि खेमराज गैरेको स्वागत मन्तब्य, नेपाल शिक्षक संद्य प्रवेश नम्बर ४ का प्रतिनिधि कुल बहादुर घर्तिको धन्यवाद मन्तब्य र नेपाल बिद्यार्थी संद्य जिल्ला सदस्य मन्दिप न्युरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *