दशैँ, दीपावली, मोहरम र छठ पर्वलाई लक्षित गरि गल्कोट क्षेत्रमा विशेष सुरक्षा योजना लागु

गुमानसिँह भण्डारी, गल्कोट २०७४ भदौ ३१ । प्रहरीले दशैँ, दिपावली, मोहरम र छठ पर्वलाई लक्षित गरि गल्कोट क्षेत्रमा विशेष सुरक्षा योजना लागु गरेको छ ।

शनिवार इबागलुङ सहकर्मी गुमानसिँह भण्डारीसंग कुरा गर्दै ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीले चाडपर्वको मौका पारेर हुने लुटपाट, चोरी, जुवातास, दुर्घटना लगायतका घटना नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेर प्रहरी अगाडि बढेको बताए ।

चाडपर्वका लागि प्रहरी परिचालन, गस्ती र चेकजाँचलाई कडा गरिएको उनले बताए । चाडपर्व सबैले सहज तरिकाले मनाउन पाउनुपर्ने अधिकारीको भनाई छ । कसैले मापसे गरेर होहल्ला गरेमा आवश्यक कार्वाही गर्ने प्रनि अधिकारीले बताए । प्रनि अधिकारीका अनुसार मध्यपहाडी लोकार्गमा यात्रु सुरक्षाका लागि हटिया, नरेठाटी, डाडाँखेत, आगाँखेत क्षेत्रमा बिशेष ध्यान दिईने छ ।

दशैँको मौकामा सरकारी कार्यालय, बैँक तथा वित्तिय संस्थामा हुन सक्ने सम्भावित चोरी, लुटपाट नियन्त्रणका लागि विशेष सुरक्षा ब्यवस्था मिलाइएको उनको भनाई छ । अवैध मदिरा उत्पादन र बिक्री, वितरण नियन्त्रणमा प्रहरी परिचालन गरिएको उनले बताए । चाडपर्वमा अवैध मदिरा, रक्सीमा अत्याधिक बिक्रि बितरण हुने हुँदा नियन्त्रण गर्न विशेष ध्यान दिएको उनले स्पष्ट पारे ।

सवारी साधन दुर्घटना न्युनिकरण गर्नका लागी सवारी साधनमा अत्याधिक सामाग्री र यात्रु राख्न नदिने, राखेमा आवश्यक कार्वाहि अगाडि बढाउने प्रनि अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार जुवातास नियन्त्रणको लागि स्पेशल टिम नै खटाइएको छ । चाडपर्वमा हुने अपराध, चोरी, लुटपाट, ठगी, सवारी दुर्घटना नियन्त्रणको लागि सादा पोशाकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिँदै प्रनि अधिकारीले चाडपर्वलाई लक्षित गरि स्थानियलाई बिशेष ख्याल गर्न आग्रह गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *