तम्घासमा आजदखि राष्ट्रिय अपाङ्ग महासंघद्धारा दुई दिने अभिमुखीकरण तालिम शुरु

कौरव खत्री, गुल्मी २०७४ भदौ ३१ । राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल कार्यालयको आयोजनामा अपाङ्ग अधिकार सम्वन्धि महासन्धि २००६ विषयक दुई दिने अभिमुखीकरण तालिम गुल्मीको सदरमुकाा तम्घासमा शनिवार दखि शुरु भएको छ ।

तालिममा अपाङ्गतासँग सम्वन्धित शिक्षा, रोजगार, अबरोध, अपाङ्गमैत्री बातावारण साथै अपाङ्गताको निति नियमको व्यवस्था, बर्गीकरण, जनचेतना लगायतका विषयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष देवी बहादुर पोखरेलले सहजीकरण गरेका छन् ।

जिल्लामा अपाङ्गताको क्षेत्रमा क्रियाशिल भई काम गदै आइरहेका गैह्र संघसस्थाहरुका करिव २५ जना अपाङ्ग प्रतिनिधि एवं संरक्षणकर्ताहरुको सहभागिता रहेको छ भने महासंघका सावित्रा घिमिरे, मनोज पगेनी, सुरेश केसी शिला घिमिरेले तालिमको प्रशिक्षकले सहजीकरण गरेका छन् ।

उक्क्त तालिममा नेपाल अपाङ्ग एकता समाज गुल्मीका सचिव भिमप्रसाद पोखरेलले अझै पनि जिल्लाका विभिन्न विद्यालयहरुमा थुप्रै अपाङ्गता भएका विद्यार्थीहरुलाई पठनपाठनमा थप समस्या रहेको कुरा औल्याउदै घरपरिवारमा समेत अपाङ्गता व्यक्ति बोझ र समाजले हेर्ने दृष्टिकोण फरक रहेको धारणा व्यक्त गरेका थिए । तस्वीर ःकौरव खत्री

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *