पैंयूँ गाउँपालिका वडा- ५ को कार्यालय चिसापानीमा, घुम्ती कर शिविरमा १८ लाख संकलन

महेन्द्र केसी, पर्वत २०७४ भदौ ३१ । पैंयूँ गाउँपालिका वडा ५ को कार्यालय चिसापानीमा स्थापना भएको छ । वडा ४ र पाँचको संयुक्त कार्यालय राखी काम संचालन गरेकोमा शुक्रबार देखि वडा ५ ले चिसापानीमा आफ्नो वडा कार्यालय खोलेको हो । वडा कार्यालयको गाउँप्रमुख खगेन्द्रप्रसाद तिवारीले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै तिवारीले वडाका बासिन्दालाई सहज सेवा प्रदान गर्नका लागि वडामै कार्यालय स्थापना गरिएको बताए ।

‘जनतालाई सहज र गाउँमै सेवा पुगोस भनेर वडामै कार्यालय स्थापना गरेका हौ’ तिवारीले भने । गाउँपालिका निर्माणको क्रममा साविकको हुवास गाविसलाई दुई वटा वडामा विभाजन गरिएको थियो । गाउँमै वडा कार्यालय स्थापना भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् ।,

यसैबीच पैंयूँ गाउँपालिकामा आन्तरिक राजश्व कार्यालय पोखराले संचालन गरेको घुम्ती शिविरमा झण्डै १८ लाख कर संकलन भएको छ ।

स्याङ्जा हुदै पोखरा र कुश्मा पुगेर कर तिर्दै आएका पैंयूँ, बिहादी र महाशिला गाउँपालिकाका ब्यवसायी गाउँमै कर तिर्न पाएपछि खुशी भए । कर शिविरमा तीन वटै गाउँपालिकाका चार सय ५१ जना ब्यवसायी लाभान्वित भएका थिए ।

पोखरा र कुश्मा पुगेर सेवा लिदा उनीहरुले न्युनतम चार हजार रुपैयाँ खर्चनुपथ्र्यो । एक जनाको चार हजार बचत हुँदा चार सय ५१ जना ब्यवसायीको १८ लाख चार हजार रुपैयाँ जोगिएको पैंयूँ गाउँपालिकाबाट तिलकप्रसाद श्रेष्ठले जानकारी दिए । ‘पैंयूँ, बिहादी र महाशिलाका ब्यापार ब्यवसाय गर्दै आएकालाई शिविरले ठुलो राहत दिएको छ’ श्रेष्ठले भने–‘पोखरा र कुश्मा पुग्दा खर्च हुने मोटो रकम बचत भयो ।’

पैंयूँ गाउँपालिका, मर्दिखोला बजार ब्यवस्थापन समिति र पर्वत उद्योग बाणिज्य संघको पहलमा शिविर सञ्चालनमा तीन दिने शिविर सम्पन्न भएको हो । पुरानो कर फस्र्यौट, नयाँ दर्ता गरेका उद्योगलाई तत्काल पान बितरण गर्ने ब्यवस्था मिलाउनका लागि कर अधिकृत हिमबहादुर बस्नेत, कृष्णहरि गौतमको टोली आएको पर्वत उद्योग बाणिज्य संघका उपाध्यक्ष शिव शर्मा पौडेलले बताए ।

तीन दिनसम्म पैंयूँका बासिन्दालाई सेवा दिएको आन्तरिक राजश्व कार्यालय पोखरा, घरेलु कार्यालय कुश्मा, पर्वत उद्योग बाणिज्य संघलगायतको टोलीलाई गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले आगामी बर्ष पनि यसरी नै सेवा पु¥याउन आग्रह गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *