न रहे बाबा आमा,न रह्यो ओत्ने छानो

न रहे बाबा आमा
न रह्यो ओत्ने छानो
प्रकृति प्रकोप जब आउँछ
भन्दैन कोहि आफ्नो बिरानो
जलमग्न भए भूमि सारा
कहाँ विश्राम लेउलान ती विचरा
लौ न नी कस्तो बिपत्ति परी आयो
काखैमा च्यापेको सन्तान पनि बगायो
जलै माथीको बाँस भयो
खानलाई गासै छैन
खै क्यारी जोगाउने ज्यान
बाच्नलाइ अब आसै छैन
लौ न बचाउ भन्दै चिच्याएर
गुहार माग्दा माग्दै पनि
आखिरीमा लगेरै छोड्यो
बाढी पहिरोले भाग्दा भाग्दै पनि
धेरै थिए होलान् सपनाहरू
भएनन् कुनै सपनाहरु पूरा
क्षेणभरमै चुड्यो लक्ष्यको पुल
सबै सपनाहरू रहे अधुरा !

* एकल यात्री कुशल कुमार

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *