फोरमका जिल्ला ईन्चार्ज र संयोजक सहित ५० जनाव्दारा माओबादी केन्द्रसंग एकता

कोपिला कंडेल, बागलुङ २०७४ भदौ ३० । संघिय समाजबादी फोरम बागलुङ्गका पदाधिकारी सहित अधिकाशं कार्यकर्ता बिद्रोह गरेर नेकपा माओबादी केन्द्रसंग कार्यगत एकता गरेका छन् ।

संघिय समाजबादी फोरमका जिल्ला ईन्चार्ज हिमाल पुन र संयोजक रेशम थापाको नेतृत्वमा जिल्लाका करिब ५० जनाको टोली नेकपा माओबादी पार्टी केन्द्रसंग धुब्रीकरण गरेको नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य चन्द्र थापा शिखरले जानकारी दिए ।

माओबादी केन्द्रमा ईन्चार्ज पुन र संयोजक थापा सहित जिल्ला सदस्य किरण घर्ति, राम बहादुर घर्ति, निरज वगाले र भक्त राम्जाली लगायत ५० जनाको टोली एकता प्रक्रियामा आएको माओबादी केन्द्रले जनाएको छ ।

संघिय समाजबादी फोरमको नेतृत्वमा क्रान्ति र परिवर्तनको सम्भावना नदेखिएपछि बिद्रोह गरेर परिवर्तनकारी शक्ति संग एकतामा आएको संघिय समाजबादी फोरमका पुर्व संयोजक रेशम थापाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *