जन्मदिनमा महासंघकोे भवनका लागि १५ हजार मानव सेवा आश्रमलाई ५ हजार सहयोग

कमल राना, बागलुङ २०७४ भदौ ३० । अधिवक्ता राम शर्माले आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघको भवन निर्माणको लागि १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

शुक्रबार एक कार्यक्रमका बिच अधिवक्ता शर्माले आफ्नो ४७ औँ जन्मदिनको अवसरमा महासंघको भवनको निर्माणको लागि १५ हजार रुपैयाँ र मानव सेवा आश्रमको लागि ५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

शर्माले भवन निर्माणको लागि नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय रानालाई सहयोग ारकम हस्तान्तरण गरेका थिए भने बागलुङमा सञ्चालित मानव सेवा आश्रममको लागि शर्माकी माता हेमकुमारी शर्माले आश्रमका प्रमुख मनिष रायमाझीलाई रकम हस्तान्तरण गरेकी थिईन् ।

सहयोग हस्तान्तरण पश्चात बोल्दै शर्माले आफुले कुनै प्रचारबाजीको लागि सहयोग गरेको नभई समाज प्रतिको उत्तरदायित्व वोधका कारण गरेको स्पष्ट पारेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष विजय राना, मानव सेवा आश्रमका मनिष रायमाझीले शर्मालाई जन्मदिनको शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन आश्रमका संयोजक नवराज केसीले गरेका थिए ।

त्यसै गरि सिद्धार्थ शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुले पनि मानव सेवा आश्रमलाई सहयोग गरेका छन् ।

विद्यार्थीहरुले ३ हजार रुपैयाँ आश्रमलाई सहयोग गरेको विद्यालयका शिक्षक सन्ध्या भण्डारीले जानकारी दिईन् ।

विद्यार्थी सहित विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाले समेत आश्रमको लागि एकबोरा चामल, १० प्याकेट तेल, भुजा, चाउचाउ लगायतका सामाग्री सहयोग गरेको बताइएको छ । अहिले आश्रममा १५ जना व्यक्तिहरु आश्रित छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *