कक्षा कोठाको अभावमा विद्यार्थीको पढाई प्रभावित

डम्मर बुढामगर, बागलुङ २०७४ भदौ ३० । ढोरपाटन नगरपालिका–६ मा रहेको विद्या विकास माविमा प्रयाप्त मात्रामा कक्षा कोठा नहुदा पठन पाठनमा समस्या भएको छ ।

२०१९ सालमा स्थापना भएको उक्त स्कुल २०५५ सालदेखि निमाबि सञ्चालन भएको र २०७२ देखि मावि सञ्चालन गरएिको हो । विद्यालयको आर्थिक र भौतिक अवस्था निकै कमजोर रहेको छ । अहिले विद्यालयमा कार्यालय सहित १० वटा कोठा रहेका छन ।

कक्षाकोठा थोरै भएको हुदा आधारभुत कक्षाका विद्यार्थीहरुलाई एकै कोठमा राखेर कक्षा संचालन गदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश बुढा मगरले बताए ।

एउटै कक्षा कोठामा धेरै कक्षाका विद्यार्थीहरुलाई शिक्षण गराउँदा शिक्षण सिकाईमा समेत समस्या भएको सोहि विद्यालयका प्रध्यानाध्यापक खुम बहादुर अदैले बताए ।

प्रा वि तहमा ५ जनाको दरबन्ीद हुनुपर्नेमा ४ जना निमाविमा ३ राहत हुनुपर्नेमा २ जना मात्र शिक्षक रहेका छन् । अहिले उक्त विद्यालयमा ३ सय भन्दा बढी विद्यार्थीले १ घण्टा हिडेर आई अध्ययन गरिरहेका छन् ।

विद्यालयमा कक्षा कोठाको अतिरिक्त प्रयाप्त खल मैदान, शौचालय र खाने पानीको समेत अभाव रहेको छ । सदरमुकामदेखि टाढा रहेको यो विद्यालय भौगोलिक हिसाबले समेत पछाडी परेको छ ।

बारम्बार विद्यालयको समस्या सरकारवालाहरुलाई सुनाउँदा कुनै किसिमको सुनुवाई नभएको अध्यक्ष बुढाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *