Menu

ताराखोला गाउपालिकामा सामुदायिक रेडियो सन्चालन गर्ने तयारी

पूर्ण भद्र निउरे, बागलेङ तारा २०७४ भदौ ३० । ताराखोला गाउँ पालिकामा सामुदायिक रेडियो एफएम संचालन गर्ने बिषयमा प्रारम्भिक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको केन्द्र अर्गल भातखाने डाँडा मा भएको छलफलले स्थानीय स्तरमा सामुदायिक रेडियो आबश्यक भएको निष्कर्ष निकाल्दै थप छलफल का लागि आगामी असोज ७ गते एक भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।

ताराखोलामा सामुदायिक रेडियोको सम्भाब्यता अध्ययन गर्न गाउँ कार्यपालिकाको बैठकले वडा अध्यक्ष जित बहादुर खत्रीको अध्यक्षतामा यस अघि ५ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । अध्ययन समितिका संयोजक खत्रीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले ग्रामिण क्षेत्रका जनता लाई सुचनाको हक स्थापित गर्न स्थानीय तहमा रेडियोको आबस्यकता रहेको बताए । उनले रेडियो सन्चालनमा समुदायका सबै पक्षको समाबेशी सहाभागिता र अपनत्व आबश्यकता रहेको कुरामा जोड दिएका थिए ।

छलफल कार्यक्रममा अध्ययन समितीका सदस्य कृष्ण कडेलले रेडियो सन्चालनको अबधारणा सम्बन्धि प्रारम्भिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाग्लुङका सदस्य फुलमाया पुन, ताराखोला गाउँपालिका का प्रमुख राजनीतिक सल्लाहकार नरेश के सी , वडा न २ का वडा अध्यक्ष भद्र बहादुर घर्ती, कार्यपालिका सदस्य धन बहादुर बि क र तेजुमाया भण्डारी परियार , शिक्षक सुर्य बहादुर घर्ती मगर , सामाजिक अगुवा डम्मर थापा लगायतले आफ्नो धारणा राखेका थिए।

कार्यक्रम प्रेस सेन्टर ताराखोला गाउपालिकाका संयोजक पूर्ण भद्र निउरे को स्वागत र अध्ययन समितिका सदस्य खगेन्द्र बिश्वकर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *