वेनीमा दयनीय अवस्थामा रहेका साहिला भाईको मानवसेवा आश्रमबाट उद्धार

बागलुङ २०७४ भदौ ३० । मानव सेवा आश्रम बागलुङले बिहीवार एक जना असहाय अवस्थामा रहेका साईला भाईको उद्धार गरेर मानव सेवाको अर्को उदाहरण प्रस्तुत गरेको छ । सात/आठ वर्ष देखी म्याग्दी जिल्लाको सदरमुकाम वेनी बजारलाई आश्रय स्थल बनाएर अत्यन्तै कष्टकर जीवन यापन गरिरहेका साईला भाई नामले चिनिने बेसहारा युवकलाई हिँजो वेनीबाट उद्धार गरी आश्रममा ल्याईएको आश्रमका संयोजक नवराज केसीले इबागलुङलाई बताए ।

कुजिएको अवस्थामा रहेका अन्दाजी २५/२६ वर्ष उमेरको देखिने सुस्त:मनस्थितीका साहिला भाईले सबै परिचय दिन नसकेपनि आफनो नाम ओमबहादुर साहिला भएको बताएको संयोजक केसीले जानकारी दिए ।

वेनी नगरपालिका- ८ की सुनिता श्रेष्ठले आफनो घर नजिकै रहेका साहिला भाईका बारेमा आश्रमलाई जानकारी दिएको र बेनी नगरपालिका- ८ का वडाध्यक्ष रामकृष्ण बराईली विश्वकर्माले समेतले उनका बारेमा बताएपछी आश्रमबाट संयोजक केसी, सुमिरा लामा, सन्जय श्रेष्ठ र सुनिता श्रेष्ठको एक टोली बिहीबार वेनी बजार पुगेर प्रहरी र स्थानीयवासीको सहयोगमा साहिला भाईको उद्धार गरिएको थियो ।

स्थानीयले बनाई दिएको प्लास्टिकको सानो छाप्रो मुनी पानीले भिजेको गुन्द्रीमा गुटमुटिएर दयनीय अवस्थामा रहेका साहिला भाईलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्का तथा प्रहरी परिवार एवं स्थानीयवासीको सहयोगमा प्रहरी कार्यालयमा ल्याएर नुहाई धुवाई सरसफाई पश्चात वडाध्यक्ष विश्वकर्माले ट्याक्सीको व्यवस्था गरिदिएपछी विहीवार राति नै आश्रममा ल्याईएको आश्रमले जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *