कस्मेटिक पसलको खम्बामा कार ठोक्किदा दुईजना घाईते

बागलुङ २०७४ भदौ ३० । बागलुङ नगरपालिका २ लोकतान्त्रिक चोक नजिक आज विहान सवारी दुर्घटनामा दुईजना घाईते भएका छन् । विहान दश बजेको समयमा ग १ च ९८८३ नंवरको कार अनियन्त्रित भएर जमुना कस्मेटिक पसलमा ठोक्किन पुग्दा सो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सो दुर्घटनामा कार्यालय तर्फ आउदै गरेकी अमृता केसी र अर्का प्रकाश जीसीलाई कारले ठक्कर दिँदा उनिहरु घाईते बनेका छन् । उनिहरुको स्थानीय धौलागिरी अन्चल अस्पतालमा उपचार भैरहेको छ ।

प्रहरी श्रोतका अनुसार चालक र कार प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यसैवीच आजै विहान उपल्लाचौरमा मोटरसाईकल दुर्घटनामा परी एक जना घाईते भएका छन् । निज घाईतेको पनि धौलागिरी अन्चल अस्पतालमा उपचार भैरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *