उता श्रीमान विदेश जान काठमाडौैँमा, यता घर जलेर खरानी, परिवारकोे बिचल्ली !

सुमन सुनार, बुर्तिवाङ २०७४ ३० । ढोरपाटन नगरपालिका वडा नं. ४ अर्थात साविक खुंगा गाँउ विकास समिति वडा नं. २ जेङपाटलका स्थानिय टेक बहादुर सुनारको घरमा आज विहान आगलागी हुदा घर जलेर नष्ट भएको छ । टेक बहादुर भने रोजगारीको लागि विदेश जान भनि काठमाडौ गएका छन् ।

आज बिहान सवेरै चुलोमा सुकाएर राखेको दाउरामा आगो सल्किदा घरमा आगलागी भएको पारिवारिक स्रोतले जनाएको छ । ढुंगा, माटो र खरले छाएको दुई तले घरमा आगलागी हुदा घरमा भएका सम्पुर्ण लत्ता, कपडा, खाद्य सामाग्री लगायत सवै जलेर नष्ट भएको सुनारकी श्रीमती रुनमायाँ सुनारले बताईन । आगलागीबाट कुनै मानवीय क्षती भने नभएको सुनारको भनाई छ ।

उक्त स्थानमा पातलो बस्ती भएका कारण स्थानिय त्यहाँ पुग्दा घर जलेर नष्ट भैसकेको स्थानिय युवा समाजसेवी गणेशकुमार थापाले बताए ।
घटनाको थप अनुसन्धानका लागी बोंगादोभान प्रहरी चौकीमा खवर गरिएको थापाले बताए । परिवारको सहायताका लागी वडा अध्यक्ष लगायत स्थानिय समाजसेवी सबैलाई समेत खबर गरि सकिएको थापाको भनाई छ ।

घरमा सुनार संगै दुई छोरी र दुई छोरा सहित चार जना बस्दै आएका थिए । घर जलेपछि अहिले उनिहरु छिमेकीकहाँ आश्रय लिएर बसेका छन् । प्रहरीका अनुसार करीव २ लाख ४० हजार रुपैयाँ वरावरको धनमाल जलेर क्षति भएको छ ।
तस्वीर–गणेश कुमार थापा

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *