विद्यालयको भवन निर्माण गर्न समाजसेवी रोमनाथ कँडेलबाट रु १ लाख ५ हजार सहयोग

रामशरण पोखरेल, विहुँ बागलुङ २०७४ भदौ ३० । काठेखोला गाउपालिका ५ बिहुँ श्रीपाली स्थित नवयुवक आधारभूत विद्यालयको भवन निर्माण गर्न काठेखोला गाउपालिका ५ श्रीपाली निवासी रोमनाथ कँडेलले रु १ लाख ५ हजार ५ सय ५५ सहयोग प्रदान गरेका छन् । समाजसेवी कँडेलले हिँजो बाल दिवसका अवसरमा सो रकम प्रदान गरेका हुन् ।

बालदिवसको अवसरमा अवकाश प्राप्त स्थाई शिक्षकहरु राम प्रसाद कडेंल र कृष्ण प्रसाद कडेंलको बिदाइ पनि गरिएका थियो । भने काठेखोला गाउपालिका ५ का वार्ड जनप्रतिनिधिहरुलाइ सम्मान पनि गरिएको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि काठेखोला गापा ५ का वडा अध्यक्ष शिवप्रसाद कँडेलले आंफु अध्यक्ष रहुन्जेल बिद्यालयलाई सहयोग गर्ने धारणा राखेका थिए ।

वि व्य स अध्यक्ष बालाकृष्ण सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत शिक्षक राजेन्द्र सापकोटा र सञ्चालन शिक्षक अम्मराज सेजुवालले गरेका थिए ।

यसैगगरि बाल दिवसकै अवसर पारेर काठेखोला गापा ५ निवासी स्वर्गिय हजुरवुबा पशुपति सापकोटाको स्मृतिमा राजु सापकोटाले त्यहांका बिद्यार्थीहरुलाई ८ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *