पश्चिम क्षेत्रका विद्यालय तथा बाल क्लवव्दारा बाल दिवसमा विभिन्न कार्यक्रमको आयोजना

खेमराज अर्याल, बुर्तिबाङ २०७४ भदौ ३० । राष्ट्रिय वाल दिवस जिल्लका पश्चिम क्षेत्रका विद्यालयहरुमा विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । “वालमैत्री शासन ः वाल अधिकारको सम्मान” भन्ने मुल नाराका साथ यो दिवस मनाइएको हो ।

ढोरपाटन नगरपालिका ४ मा गठित वडास्तरिय वाल सञ्जालले पनि सचेतनामुलक र्याली सहित अन्तर विद्यालय विद्यालय स्तरिय प्रतियोगितात्मक कार्यक्रम गरेको छ । वडाभरीका सम्पुर्ण विद्यालयका विद्यार्थी सहभागी प्रकाश माध्यमिक विद्यालय आसपासका क्षेत्रमा र्याली प्रदर्शन गरिएको थियो ।

वालवालिकाले “वालमैत्री शासन ः वाल अधिकारको सम्मान” “वाल अधिकारको सुनिश्चित गरौँ ” “वाल श्रमशोषण अन्त्य गरौँ ”लगाएतका नारा लेखिएका प्लेकार्डसहित विद्यालय आसापासका क्षेत्रको परीक्रमा गरेका थिए ।

वल सञ्जालले प्राथमिक तह स्तरीय हिसाब दौड प्रतियोगिता नि.मा.वि. तह स्तरिय लोकनृत्य प्रतियोगिता र मा.वि. तहको सडक नाटक प्रतियोगिता गरेको छ । प्राथमिक तहको हाजिरीजवाफ प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयकी सिर्जना भण्डारी प्रथम छोरेगाँउ माध्यमिक विद्यालयकी सपना कडेल द्धितिय र प्रकाश माविकै गजल रसाइली तृतिय भएका छन् ।

नि.मा.वि. तहको लोकनृत्य प्रतियोगितामा छोरेगाँउ माध्यमिक विद्यालय प्रथम प्रकाश माध्यमिक विद्यालय द्धितिय र हिमालय निम्न माध्यमिक विद्यालय तृतिय भएका छन् । मावि स्तरिय वाल अधिकार सम्बन्धी सडक नाटक प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय प्रथम र छोरेगाँउ माध्यमिक विद्यालय द्धितिय भएका छन् । कार्यक्रममा विजयी सबैलाई आजै पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रम वडा स्तरिय वाल सञ्जालकी अध्यक्ष वाल कुमारी अर्गेजाको अध्यक्षता जिल्ला समन्वय समिति बाग्लुङकी सदस्य तारा कुमारी पुनको प्रमुख आतिथ्यता सञ्जालकी उपाध्यक्ष दिपा रसाइलीको स्वागत मन्तव्य र सञ्जालकी सचिव मनकुमारी बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।

वडिगाड गाँउपालिका १० मा रहेको दर्लिङ माध्यमिक विद्यालयमा गठित प्रगतिशिल वाल क्लवको आयोजनामा विभिन्न कार्यक्रम भएका छन् । माध्यमिक तहमा भएको वाल अधिकार सम्बन्धी लोकगित प्रतियोगितामा लिबिया परियार प्रथम शिला परियार द्धितिय र शुसिला खड्काथोकी तृतिय भएका छन् ।

निमावि तहको वक्तृत्वकला प्रतियोगिातमा प्रसान्त बुढा प्रथम लिलाराम बुढा द्धितिय र संगिता बुढा तृतिय भएका छन् । प्राथमिक तहको रेकर्ड डान्स प्रतियोगितामा सम्झना परियार प्रथम सिर्जना बुढा द्धितय र पुजा छन्त्याल तृतिय भएको विद्यालयले जनाएको छ । आजै उक्त विद्यालयमा वैसाख महिनादेखी हालसम्म सञ्चालित अतिरिक्त क्रियाकलापमा प्रथम द्धितिय हुने समुहलाइ पुरस्कृत गरिएको छ ।

कार्यक्रम प्रगतिशिल वाल क्लव अध्यक्ष दिजु विकको अध्यक्षता विद्यालयका प्रधानाध्यापक खुद बहादुर गुरुङको प्रमुख आतिथ्यता र छमी बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै ढोरपाटन नगरपालिका २ स्थित अर्नाकोट आधारभूत विद्यालयमा गठित प्रगतिशिल बाल क्लबले पनि अन्तर विद्यालय स्तरिय हाजिरी जबाफ र म्युजिकल चियर प्रतियोगिता गरेर बाल दिबस मनाएको छ ।
जसअन्र्तगत आधारभूत तहको कक्षा १ देखि कक्षा ५ सम्म सञ्चालन गरिएको म्युुजिकल चियर प्रतियोगितामा अर्नाकोट आधारभूत विद्यालयका सुनिल वि.क. प्रथम, नमुना बाल क्लबका घनश्याम कुँवर द्धितीय र आर्नाकोट आधारभूत विद्यालय ढोरपाटन नगरपालिका २ खलबाङका राहुल भण्डारी सान्त्वना भएका छन् भने आधारभूत तहको हाजिरी जबाफ प्रतियोगिता कार्यक्रममा नमुना बाल क्लब प्रथम , अर्नाकोट आधारभूत विद्यालय निसीखोला गाउँपालिका २ देउराली द्धितीय र अर्नाकोट आधारभूत विद्यालय ढोरपाटन नगरपालिका २ खलबाङ सान्त्वना भएका छन् ।

प्रगतिशिल बाल क्लबकी अध्यक्ष अनिता थापाको अध्यक्षता प्रधानाध्यपक धन बहादुर महतको प्रमुख आतिथ्यता प्रगतिशिल बाल क्लब खलबाङकी सचिब टीका कुमाल र शिक्षक चित्र कुमार छन्त्यालको सञ्चालनमा सम्पन्न थियो ।

ढोरपाटन नगरपालि १ स्थित सरस्वती प्रा.बि मा पनि बिभिन्न प्रतियोगीता सम्पन्न भएका छन् । जसमा कक्षा १ का लागी भएको पुच्छर तान्ने खेलमा शम्सेर परीयार प्रथम , निर्मल श्रीपाली द्धितीय तथा मीना बिक तिर्तीय भएका छन् । कक्षा २ र ३ का लागी भएको सस्वरबाचन प्रतियोगीतामा प्रेम भट्राई प्रथम बाबुराम कार्की द्धितीय तथा शान्ती श्रीपाली तिर्तीय भएका छन् । कक्षा ४ र ५ को लागी भएको रिले दौड प्रतियोगीतामा कक्षा ४ को समुह प्रथम र कक्षा ५ को समुह द्धितीय भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *