Menu

लावाङ प्रावि ताराखोलाको वार्षिकोत्सव एवं राष्ट्रिय बाल दिवस सम्पन्न

पूर्णभद्र निउरे, बागलुङ तारा २०७४ भदौ २९ । लावाङ प्राथमिक बिद्यालय ताराखोला गाउँपालिका ५ तारा को २० औं बार्षिकोत्सब तथा ५३ औ राष्ट्रिय बालदिबसको अबसरमा विविध कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम अन्तर्गत १० समूह सहभागी अन्तर प्रा बि स्तरिय हाजिरी जवाफ प्रतियोगितामा लाबाङ प्रा बि समूह ए प्रथम , लावाङ प्रा बि कै समूह बी दित्तिय र मालारानी आधार भुत बिद्यालय तृतीय भएका छ्न ।

यसै गरि माध्यमिक तहको बाल बिवाहा को अन्त्य शीर्षक को बतृत्वकला प्रतियोगितामा नेपाल माध्यमिक बिध्यालयका केशव गैरे प्रथम र,सोही बिद्यालय कै संगिता घर्ति दित्तिय र दुर्गा भवानी मा बि का मनिशा कडेल तृतीय भएका छ्न ।

त्यस्तै आधारभुत तहको नृत्य प्रतियोगितामा दुर्गा भवानी मा बि का मेलिना रोका प्रथम र मालारानी आधारभुत बिद्यालयकी इन्द्रा घर्तीले दित्तिय स्थान हासिल गरेका छ्न । सो अबसरमा कक्षा ३ को शब्द निर्माण प्रतियोगिता , कक्षा २ को कमिज लगाउने प्रतियोगिता र कक्षा १ को चक्लेट संकलन प्रतियोगिता समेत सम्पन्न भएका छ्न । बार्षिकोत्सबको अबसरमा बिद्यालयले भोलि देखि साबिक तारा गाबिस भित्रको अन्तर वार्ड स्तरिय पुरुष भलिबल प्रतियोगिता संचालन गर्ने र कार्यक्रमको मुल समारोह भदौ ३१ गते गरिने बिद्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *