जनता मावि पैयुँथन्थापमा २६ औँ अन्तराष्ट्रिय बालदिवस

कमल राना, बागलुङ, २०७४ भदौ २९ । बागलुङको जैमिनी नगर पालिका वडा न.९ पैयुँथन्थापमा विविध कार्यक्रम गरि विहिबार २६ औँ अन्तराष्ट्रिय बालदिवस मनाइएको छ ।

जनता माध्यमिक विद्यालय पैयुँथन्थाप र परिसूचन बालक्लवको संयुक्त आयोजनामा अन्तराष्ट्रिय बाल दिवसको अवसरमा म्युजिकल चियर, हिजे लेखन र वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

कक्षा १ देखि ५ सम्मका बिधयार्थी बिच भएको मयुिजकल चियर प्रतियोगितामा ४० जना प्रतिस्पर्धी विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा खुसि नेपाली प्रथम, सोनिया सुवेदी द्धितिय र अस्मिता सप्लाङगी तृतीय भए ।

कक्षा ६ देखी ८ सम्मका विद्यार्र्थी बिच भएको सदनात्मक हिजे प्रतियोगितामा ७ सदन बिच प्रतिस्पर्धा भएको थियो । भने प्रथम सगरमाथा सदन, द्धितीय धौलागिरी सदन र तृतीय माछाप्रच्छ्रे सदन भएको छ ।

कक्षा ९ देखि १२ सम्मका विद्यार्थी बिच भएको बाल अधिकार हाम्रो सरोकार विषयक वक्तृत्वकला प्रतियोगितामा ७ जना बिच प्रतिस्प्रधा भएको थियो ।
प्रतियोगितामा कक्षा ११ कि छात्रा हेमा थापा र कक्षा १० कि छात्रा बिन्दु पैड्यल प्रथम हुनु भएको छ । त्यस्तै कक्षा १२ कि छात्रा उर्मिला आचार्य द्धितिय र कक्षा १० का छात्र टेकनारायण शर्मा तृतीय भएका छन् ।

जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य शिक्षिका नुम कुमारी देवी शर्मा र परिसूचन बाल क्लवका सचिव विशाल सप्लाङ्गी र सञ्चालन परिसूचन बालक्लवका अध्यक्ष मिलन नेपालीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *