राष्ट्रिय बालदिवसको अवसरमा बालवचतकर्तालाई वित्तीय शिक्षा

बागलुङ, २०७४ भदौ २९ । राष्ट्रिय बाल दिवस २०७४ को अवसर पारेर आदर्श सञ्चार सहकारी संस्था लिमिटड बागलुङले बिहीवार संस्थामा रहेका बाल वचतकर्ताहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बालबालिकाहरुलाई वित्तीय रुपमा सचेत बनाउने, खानपानमा हुने लार्पावाही रोकेर बचत गर्ने बानीको विकास गर्ने, रचनात्मक क्रियाकलापमा अग्रसर गराउने उदेश्यका साथ बाल वचतकर्ताहरुको भेला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बालबालिकाको हक अधिकार सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताए । उनले बालबालिका भबिष्यका कर्णधार भएकाले सानै उमेरबाट सकरात्मक बाटो तर्फ अगाडी बढाउनुपर्ने बताए । अहिले देखि नै सामाजिक, आर्थिक, शैक्षिक तथा विकासका क्षेत्रमा बालबालिकालाई महत्वपुर्ण भुमिका निर्वाह गराउने बिषयमा सबैले जानकारी गराउनुपर्ने उनको भनाई थियोे ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा नेपाल सूचना तथा सञ्चार सहकारी केन्द्रीय संघका उपाध्यक्ष मना केसीले बालअधिकारलाई स्थापित गर्न आधारभुत आवश्यकताको परिपुर्ति गर्नुपर्ने बताउदैँ यसलाई स्थापित गर्न सम्पुर्ण बयस्क तथा सरोकारवालाको जिम्मेवारी रहेको बताईन् । उनले आदर्श सञ्चार सहकारीले बालबालिका, वृद्ध वृद्धा र युवाहरुको विकासको लागि सहकारीको क्षेत्रबाट महत्वपुर्ण भुमीका खेलेको बताईन ।

कार्यक्रममा बाल अधिकार, बाल वचतकर्ताको भूमिका, आदर्श सञ्चार सहकारी संस्थाले सञ्चालन गरेको दीर्घकालिन बाल वचत र यसको अवस्थाका बारेमा संस्थाका सम्पादक रामबहादुर जिसीले जानकारी दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *