बडीगाड गाउपालिकामा १४७ महिलाले लगाए नरप्लान्ट

छबिलाल पाण्डे, बुर्तिवाङ २०७४ भदौ २९ । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङ तथा मेरी स्टोप सेन्टरको संयुक्त आयोजनामा बडिगाड गाउँपालिकामा विभिन्न वडामा महिलाहरुको लागि परिवार नियोजनको अस्थाई साधन नरप्लान्ट लगाउने शिविर जारी रहेका बेला ३ वडामा गरी १ सय ४७ जना मपहलाले नरप्लान्ट र ४ जना महिलाले आईयुसिडि लगाएका छन् ।

गत भदौ २५ गते बडिगाड गाउँपालिकाको वडा नं ४ जलजलामा उक्त कार्यक्रम गरिएको थियो भने २७ गते वडा नं ५ को ग्वालीचौरमा शिविर सम्पन्न भएको छ । २८ र २९ गते भिमगिठेमा भएको शिविरमध्य भिमगिठेमा ६३ जना, ग्वालीचौरमा ४७, जलजलामा ३७ जनाले नरप्लान्ट लगाएका हुन्। त्यस्त्ै भिमगिठेमा ४ जनाले आईसियु लगाएका छन् ।

परिवार नियोजनको अस्थाई साधनका रुपमा रहेको नरप्लान्ट महिलाको हातको पाखुरामा राखिन्छ । जो एक पटक राखे ५ वर्षसम्म काम गर्ने मेरिस्टोभकी
सहजकर्ता दुर्गा शर्माले बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *