हुने खाने र हुदा खानेका छोराछोरी बिचको दुई खाले शिक्षानै बालअधिकार प्राप्तीको बाधक

कोपिला कंडेल, बागलुङ २०७४ भदौ २९ । जिल्ला बाल कल्याण समिति बागलुङ्ग, महिला तथा बालबालिका कार्यालय र जिल्ला बाल संजाल बागलुङ्गको संयुक्त आयोजनामा आज बागलुङमा बिभिन्न कार्यक्रमका साथ बाल दिवस मनाईएको छ । बिभिन्न सामुदायिक बिद्यालय, सरकारी कार्यालयका प्रमुख एबं प्रतिनिधी, धौलागिरी बहिरा आवसिय माबि रामरेखा बागलुङ्ग र बिभिन्न बालअधिकार सम्बन्धी काम गर्ने सघंसंस्थाको रोहबरमा दिवस मनाईएको हो ।

सो अवसरमा बोल्ने बक्ताले सबै बालबालिकाको लागि समान शिक्षाको ब्यवस्था हुनुपर्ने बताए । उनले हुने खाने र हुदा खानेका छोराछोरी बिचको दुई खाले शिक्षानै बालअधिकार प्राप्तीको बाधक बनेको चर्चा गर्दै सहभागिले बालबालिका बिच हुने शैक्षिक बिभेदको अन्त्य नभए सम्म बालदिवस मनाउनुको औचित्य नहुनेमा जोड दिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले बाल अधिकारको संरक्षण गर्नु सबैको समान दायित्व भएको बताउदै बालबालिकाको हकअधिकारको लागि बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानुन बनेपनि ब्यवहारमा कार्यान्वयन हुन नसकेको बताए । उनले बालअधिकारसम्बन्धी बनेका ऐन नियमहरु ब्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी स्थानिय बिकास अधिकारी राम प्रसाद आचार्यले बालबालिको संरक्षण र बिकासको लागि बिद्यालय अभिभावक लगायत सबै सरोकारवाला निकायले ध्यान पुर्याउनुपर्ने बताए ।

सो अवसरमा नेपाली कांग्रेसका पार्टी सभापति दिपेन्द्र बहादुर थापा, राष्ट्रिय जनमोर्चाका सचिव धर्म कुँवर, जिल्ला बाल कल्याण समितिका सभापति सुवास आचार्य, बाल कल्याण समितिका सदस्य काजी रोशन, बाल संजालकी पूर्व अध्यक्ष सुरक्षा खड्का, बहिरा बाल क्लबकी सचिव मनिषा क्षेत्री लगायतले लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा बिभिन्न प्रतियोगितामा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । सो अवसरमा सामुदायिक बिद्यालयका बिद्यार्थीले गित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम जिल्ला बाल संजाल बागलुङ्गका अध्यक्ष गणेश गौतमको अध्यक्षता, महिला तथा बालबालिका कार्यालयका प्रमुख दिल कुमारी शर्माको स्वागत मन्तब्य र जिल्ला बाल संजालका उपाध्यक्ष देबी साप्कोटा र कोषाध्यक्ष सुवास साप्कोटाको संचालनमा सम्पन्न भएको थियो ।

२०६३ देखि राष्ट्रिय बालदिवस भदौ २९ गते मनाउन थालिएको हो । त्यसअघि हरेक वर्षको भदौ ४ मा दिवस मनाउने गरिन्थ्यो । सन् १९९० मा नेपालले बालअधिकार महासन्धिमा हस्ताक्षर गरेको दिनको सम्झनामा भदौ २९ गतेलाई दिवसको रूपमा मनाउने निर्णय गरिएको हो ।
हरेक बर्ष बाल दिवस मनाइदै आए पनि बालबालिकाको अवस्थामा भने खासै सुधार हुन सकेको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *