बाल दिवसका अवसरमा देविस्थान माविमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न

तिलक मल्ल , बुर्तिबाङ,२०७४ भदौ २९ । निसीखोला गाउपालिका- १ देविस्थान माध्यमिक विद्यालयमा “बालमैत्री शासन ; बाल अधिकारको सम्मान ” नारा सहित बिहीबार बाल दिवसका अबसरमा विविध कार्यक्रमहरु सम्पन्न भएका छन् ।

निसीभुजि जनता क्याम्पस , ढोरपाटन नगरपालिका , बुर्तिबाङ बागलुङमा स्नातक तह तेश्रो वर्ष शिक्षा संकायमा विषयमा अध्ययनरत शिक्षण अभ्यासमा आएका द्वय शिक्षिका माया बुढा र तिर्सना गिरीको आयोजना र विद्यालयको सहयोगमा भएको कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानध्यापक किरण पौडेलले गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक , विद्यार्थीहरुको उपस्थिति रेहेको थियो ।

आज भएको कार्यक्रम अन्तरगत कक्षा १९३ मा टेल पुलिङ प्रतियागिता भएको हो । जसमा रमित पुन प्रथम, दिपक पर्तेल द्वितीय र शन्देस कुँवर तृतीय भएका छन् । कक्षा ४९५ मा पनि सोहि टेल पुलिङ प्रतियोगिता भएकोमा बिन्दु मल्ल प्रथम, सुर्य पुन द्वितीय र हिमाल मल्ल तृतीय भएका छन् । यस्तै कक्षा ६९८ तर्फ एकल नृत्य प्रतियोगिता सञ्चालन भएकोमा मेलिना बुढा मगर प्रथम, दिपा बिक द्वितीय , मबिना सुनार तृतीय हुन सफल भएका छन् ।

त्यस्तै कक्षा ९९१२ मा सञ्चालन भएको ूराष्ट्र निर्माणमा युवाको भूमिका ू विषयक शिर्षकमा वक्तृत्वकला प्रतियोगिता भएको हो । जसमा मनिसा सुनार प्रथम, बिनिता शाही द्वितीय , सविना बिक तृतीय भएमा छन् । विजय हुने सम्पुर्ण विद्यार्थीलाई प्रोत्साहन स्वरुप स्टेशनरी दिएर सम्मान गरिएको हो ।
त्यस्तै सोहि कार्यक्रमका अबसरमा अभ्यास शिक्षणमा खटिएका शिक्षिकाहरुलाई विद्यार्थी र विद्यालयको तर्फ देखि प्रअ किरण पौडेलले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने शिक्षिकाहरुले पनि विद्यालयलाई मायाको चिनो प्रदान गरेका थिए। त्यस्तै छात्रा शिक्षिकाहरुले आन्तरीक सुपरीवेक्षकको भूमिका निभाउने शिक्षक द्वय बिनोद पौडेल र दिपक घिमिरेलाई पनि मायाको चिनो दिएर सम्मान् गरेका थिए ।

आजको कार्यक्रमका अध्यक्ष एवम् विद्यालयका प्रअ किरण पौडेलले बोल्दै आजका बालबालिका भोलीका कर्णधार भएकाले बालबालिकालाई हेला गर्ने प्रवृती अन्त्य गर्नुपर्ने , अभिभावकले पनि आफ्ना बालबालिकालाई समयमै विद्यालय पठाउनका लागि आग्रह गरेका थिए। उनले बालबालिकाको हक अधिकार सुनिस्चित गर्नका लागि बालबालिका अर्थात् विद्यार्थी अभिभावक र शिक्षकको त्रिकोणात्मक सम्बन्ध नङ र मासु सरह हुनुपर्ने बताए।

कार्यक्रममा एकल नृत्य तर्फ शिक्षक डोलराज भट्टाराई र वक्तृत्वकला तर्फ शिक्षक दिपक घिमिरेले मूल्याङ्कन संयोजकको भूमिका निर्वाह गरेको कार्यक्रममा शिक्षक डोलराज भट्टराईको स्वागत मन्तब्य र शिक्षक झग बहादुर क्षेत्रीले कार्यक्रमको सञ्चालन रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *