निसीखोलामा एक हप्ते उद्घोषण एवम् पत्रकारिता तालिमको शुभारम्भ !

कुम्बिर बिश्वकर्मा,२०७४ भदौ२९ । निसीखोला गाउपालिका वडा नम्बर -५ निसी जनजागरण युवा क्लबको आयोजना र सामुदायिक रेडियो परिवर्तन बुर्तिबाङ र नेपाल पत्रकार महासङ्घ बागलुङको सहजीकरणमा एक हप्ते उद्घोषण एवम् पत्रकारिता तालिमको झिवाखोलामा आज उद्घाटन गरिएको छ।
निसी जनजागरण युवा क्लबका अध्यक्ष लछुमण छन्त्यालको अध्यक्षता र निसीखोला गाउपालिकाका प्रमुख तारानाथ पौडेलको प्रमुख आथित्यता रहेको थियो भने नेपाल पत्रकार महा सङ्घ बागलुङका अध्यक्ष दिल श्रीषको बिशिष्ठ आथित्यता रहेको थियो।

कार्यक्रममा निसीखोला गाउपालिका वडा नम्बरस्( ४ का अध्यक्ष टिकानिधि पौडेल ,सामुदायिक रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुबेदी , अध्यक्ष दिल श्रीस ,प्रमुख अथिती तारानाथ पौडेलको शुभकामना मन्तव्य रहेको थियो।

एक हप्ते उद्घोषण एवम पत्रकारिता तालिममा तमानखोला गाउँ पालिका र निसी खोला गाउपालिका बाट ३८ जना प्रशिक्षार्थीहरु सहभागिता रहेको छ ।

आज पत्रकार दिल श्रीष र राम सुबेदीव्दारा समाचार लेखन,समाचार सङ्कलन र उद्घोषण सम्बन्धि तालिम दिईएको थियो। भोलि लगतै सामुदायिक रेडियोका अध्यक्ष लोकेन्द्र सुनार, फोटो पत्रकार किरण आचार्य ,पत्रकार प्रशान्त घर्ति मगरव्दारा प्रशिक्षण दिइएने बताइएको छ।

उद्घाटन कार्यक्रममा कार्यक्रम सयोजक मिलन हमालको स्वागत मन्तव्य र निसी जनजागरण युवा क्लबका सचिव कुम्बिर बिश्वकर्माको सन्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *