बाल दिवसको अवसरमा हिलको हरि माविमा खुल्ला एकल नृत्य प्रतियोगिता

शान्त खत्री मौसम, बागलुङ (तारा) २०७४ भदौ २९ ।५३ औ बिश्व बाल दिवसको असवरमा हरि माध्यमिक बिधालय ताराखोला गाउँपालिका वार्ड नम्बर ३ हिलमा खुल्ला एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

बाल मैत्री शासन बाल अधिकारको सम्मान मुल नारा रहेको कार्यक्रममा २१ जनाको सहभागिता रहेकोमा जमुना चालिसे प्रथम , अस्मिता बस्नेत दोस्रो , मनिसा थापा तेस्रो र अनुपा बस्नेत सान्त्वना भएका छन् ।

कार्यक्रमकै असवर मा करिब १० जना भन्दा बढी विद्यार्थीले गीत , गजल , मुक्तक , कविता समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रम घुम्टे बाल क्लबका अध्यक्ष मनिष रामदामको अध्यक्षता विद्यार्थी सविता खत्रीको स्वागत मन्तव्य र संचारकर्मी एवं विद्यार्थी शान्त खत्री मौसमको संचालनमा सप्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *