बाल दिवसको अवसरमा भगवती निमाविमा बाल क्लव र जुरेसको गठन

कौरव खत्री गुल्मी २०७४ भदौ २९ । गुल्मीको एक निम्न माध्यमिक विद्यालयमा बाल क्लवको गठन गरिएको छ । मुसिकोट नगरपालिका १ बाङ्गेमा रहेको भगवती निम्म माध्यमिक विद्यालयमा … पवित्रा श्रीस अध्यक्षतामा १५ सदस्यीय पहिलो पटक विद्यालयमा बाल क्लव गठन गरिएको छ ।
समितिका उपाध्यक्षमा प्रकाश बिक,सचिव कृष्ण बलामी, सहसचिव अस्मिता गुरुङ्ग,कोषाध्यक्ष कृष्ण बिक र अन्य सदस्यहरुमा सीता बिक, सुजाता परियार, पदम नेपाली, शिला परियार, दिनेश रेश्मी, रुद्र बिक, धनमाँया नेपाली, शंकर पुन, सुनिता पाख्रेल, बविता थापा र शिक्षक नायकमा शिक्षिका आशा कुमारी केसी रहेका छन् ।

यस्तै सोही अबसरमा सिता बिकको अध्यक्षता १३ सदस्यीय नेपाल जुनियर रेडक्रस सर्कलको गठन गरिएको छ ।

समितिका उपाध्यक्षमा सन्तोष थापा,सचिव सिता बिक (क), सहसचिव आकाश खासु,कोषाध्यक्ष शंकर पुन र अन्य सदस्यहरुमा बसन्त बलाल, शुस्मा परियार,रामु बिक,सुनिता बिक,मिना बलामी,विमल पुन,नरेश सारु,अनिशा परियार र शिक्षक नायकमा शिक्षिका कमला गिरी रहेका छन् ।
आज बाल दिवसका अवसरमा विद्यालयमा पहिलो पटक बाल क्लव र नेपाल जुनियर रेडक्रस सर्कलको गठन गरिएको विद्यालयका प्रधानाध्यापक श्यामन्त नेपालीले जानकारी दिए ।

साथै आज बाल दिवसका अबसरमा विद्यालयले बालबालिकाका सम्वन्धी विविध कार्यक्रमहरु समेत गरेको विद्यालयका प्रधानाध्यापक नेपालीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *