स्व. खत्रीको निधनमा चरौँदीमा श्रद्धान्जलि कार्यक्रम

गल्कोट २०७४ भदा्र २९ । गलकोट पत्रकार समाज गलकोट बागलुङ र प्रेस सेन्टर नेपाल गलकोट नगरपालिकाको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

समाज र सेन्टर गलकोटका सदस्य गलकोट नगरपालिका ६ चरौदी निवासी पत्रकार एवं सञ्चारकर्मी सरिता खत्रीको ममतामयी हजुरआमा स्वर्गीय चन्द्रकली खत्रीको सातौं दिनको पुण्य तिथिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

समाज र सेन्टर द्वारा आयोजित श्रद्वाञ्जली कार्यक्रममा प्रेस सेन्टर नेपाल गलकोट नगरपालिकाका अध्यक्ष थम्मन थापा सन्देश र गलकोट पत्रकार समाजका अध्यक्ष मित्र खरेलले शोक मन्तव्य व्यक्त गरेका थिए ।

स्वर्गीय खत्रीको गत भदौ २२ गते ८७ वर्षको उमेरमा निधन भएको थियो ।

सो अवसरमा स्वर्गीय खत्रीको तस्विरमा फूलमाला तथा अविरद्वारा माल्यार्पण गरिएको थियो ।

श्रद्धाञ्जली कार्यक्रम गलकोट पत्रकार समाजका अध्यक्ष मित्र खरेलको अध्यक्षता र प्रेस सेन्टर नेपाल गलकोटका सदस्य शान्त खत्री मौसमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *