माओवादी केन्द्रको प्रशिक्षण : पार्टी तेश्रो भएपनि एजेण्डा पहिलो- श्रीस

थम्मन थापा सन्देश, गल्कोट २०७४ भदौ २९ । नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ को बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादीका केन्द्रिय सल्लाहकार यम बहादुर श्रीसले मुलुक अहिले माओवादी केन्द्रको एजेन्डामा अगाडि बढिरहेकोले चुनावमा तेस्रो शक्ति भएपनि एजेन्डामा पहिलो शक्ति नै रहेको बताए ।

बैठकले विभिन्न जनवर्गीय संगठनको वडा समितिहरु गठन गरेको छ । जस अन्तरगत डिलेन्द्र चोखाल संयोजक रहेको कृषक संगठन, रुद्र केसी संयोजक रहेको वाई सि यल, शुशिला परियार संयोजक रहेको महिला संगठन, विष्णु प्रसाद गौतम संयोजक रहेको शिक्षक संगठन र छबिलाल दर्जी संयोजक रहेको दलित मुक्ति मोर्चा गठन गरेको छ ।

सो अवसरमा नेकपा माओवादी केन्द्रका चन्द्रदत्त रेग्मी, वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, सदस्य लोक बहादुर थापा, महिला सदस्य पदमा नेपाली र दलित महिला सदस्य मिना दर्जीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका वडा भित्रका विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि, पार्टी सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ का अध्यक्ष छुम बहादुर थापाको अध्यक्षता र सचिव ललित मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *