गल्कोटमा सुर्तीजन्य पर्दाथको खुलेआम बिक्री, नियन्त्रणका लागि सामान्य प्रयास नहुनु दु:खद !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ भदौ २८ । नेपाल सरकारले सुर्तीजन्य पदार्थको बिक्री बितरणमा कडाई गर्न भन्दै ल्याएको नियम गल्कोटमा प्रभाबकारी हुन सकेको छैन । सुर्तीजन्य पदार्थ बिक्री वितरणको अवस्थाबारे अनुगमन नहुँदा गलकोट नगरपालिका भित्र रहेका हटियाबजार, नरेठाटी, दुदिलाभाटी, काडेबासमा जथाभावी बिक्रि बितरण भईरहेको छ ।

गलकोटमा लाईसेन्स नै नभएकाले पनि सुर्तीजन्य पदार्थ बिक्रि बितरण गर्दै आएका छन् । अनुगमन नहुदा यसको जथाभावी प्रयोग बढ्दै गएको दुदिलाभाटीका स्थानिय बम बहादुर कार्कीले बताए ।

गलकोटमा संचालनमा रहेको होटल, किराना पसलहरुले खुलेआम रुपमा सुर्तीजन्य पदार्थ बिक्री बितरण हुनु र नियन्त्रणका लागि सामान्य पहलसम्म नहुनु दुर्भाग्यपुर्ण रहेको स्थानियको गुनासो छ ।

होटल तथा किराना पसलहरुमा अनुमती नै नलिईकन सुर्तीजन्य पदार्थ बिक्री बितरण हुदै आएको छ तर सरोकारवाल निकाय जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय प्रशासन मौन बसेकाले समस्या उत्पन्न हुने गरेको गलकोटकासीले गुनासो गर्न थालेका छन् ।

सूर्तीको प्याकेटको बाहिरी भागमा दुवैपट्टी स्वास्थ्यको लागि हानिकारक चिन्ह हुनुपर्ने, खुल्ला रुपमा झुण्डाएर राख्न नपाईने, दर्ता नगरी सुर्तीजन्य प्रर्दाथ विक्री बितरण गर्न नपाईने सूर्तीजन्य प्रदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ मा उल्लेख भएपनि सामान्य ऐन नियमबारे जानकारी नभएको नाटक गर्दै नियम विपरीत व्यापार गर्ने परिपाटी बसेकाले सुर्तीजन्य पदार्थको गलत प्रयोग बढेकोले नियन्त्रण जरुरी भएको स्थानीयले माग गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *