उत्तरगंगा माध्यमिक बिद्यालयमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न

झरना कँडेल, बुर्तिवाङ २०७४ भदौ २८ । ढोरपाटन नगरपालिका बुर्तिवाङमा रहेको उत्तरगंगा माध्यमिक बिद्यालयमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम
सम्पन्न भएको छ ।

बिद्यालयलाई सफा, स्वच्छ, शुन्दर तथा पर्यावरणमैत्री बनाउनुका साथै बिद्यार्थीलाई पठनपाठन तथा प्रयोगात्मक क्रियाकलापमा सहज होस भनेर, कक्षा १२ का बिद्यार्थी र बिद्यालयका प्रधानाध्यापकको अगुवाई तथा कक्षा ११ का बिद्यार्थीको सहयोगमा आज बिभीन्न खाले ८६ भन्दा बढी बिरुवा रोपिएको छ ।

बुर्तिबाङ आसपासमा नर्सरीको अभावका कारण बिद्यालयका प्रधानाध्यापक धन बहादुर कुवरले पोखराबाट गोल्डेन हेज ८० वटा माईकीन पुष्प ३ बटा र कल्की फुल ३ बटा बिरुवा तथा अन्य स्थानीय प्रजातीका फुल तथा बिरुवा ल्याएर बिद्यालय परीसरमा बृक्षारोपण गरिएको कक्षा १२ का बिद्यार्थी टिकाराम भट्राईले बताए ।

सोही अबसरमा बिद्यालयका कक्षा कोठा , बिद्यालयको खेल मैदानमा रहेको फोहोर , झारपात , बिद्यालय परीसरमा रहेको फोहोर सफा गरिएको कक्षा १२ का बिद्यार्थी घनश्याम चालीसेले बताए ।

साथै भोलि भदौ २९ गते बाल दिवसका अबसरमा बिद्यालयले हाजिरीजवाफ तथा बिभिन्न कार्यक्रम सहित मनाउने तयारी रहेको बिद्यालयका प्रधानाध्यापक धन बहादुर कुवरले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *