बागलुङ सेवा समाज युएई व्दारा निसिखोला र ढोनपाका पहिरो पीडितलाई राहत

छविलाल पाण्डे बुर्तिबाङ २०७४ भदौ २८ । गत साउन २० गते पहिरोका कारण ज्यान गुमाएका निसीखोला गाँउपालिका वडा नँ १ र २ तथा ढोरपाटन नगरपालिका वडा नँ ५ का परिवारका सदस्यलाई बागलुङ सेवा समाज युएई व्दारा राहत हस्तान्तरण गरिएको छ ।

बागलुङ सेवा समाज युएईका बागलुङ जैमुनी घर भई पोखरा बस्दै आएका निवर्तमान सल्लाहकार बल बहादुर बिकको बिशेष उपस्थितीमा निसीखोला
गाँउपालिका प्रमुख तारानाथ पौडेल , वडा नँ १ का अध्यक्ष ईन्द्र मल्ल लगाएतको समुपस्थितिमा राहत बितरण गरिएको हो ।

निसीखोला गाँउपालिका वडा नँ १ मा मृतक खगिसरा सिँजालीका छोरा लाल बहादुर सिँजालीलाई नगद रु ८ हजार , वडा नँ २ मा मृतक मनीमान छन्त्यालका छोरा रिमबहादुर छन्त्याललाई चार जनाको प्रति मृतक ८ हजारका दरले ३२ हजार हस्तान्तरण गरीएको छ ।

त्यस्तै ढोरपाटन नगरपाली वडा नँ ५ का मृतक बल बहादुर बिकको परिवारका सदस्य उपश्थित नभएका कारण ढोरपाटन नगरपालिका कार्यलयले उपलब्ध गराउने गरी कार्यलयमा रु ८ हजार राहत रकम उपलब्ध गराईएको छ ।

युएईमा रोजगारीका लागि बागलुङबाट गएका बागलुङ जिल्लाका युवाहरुबाट सँकलन गरिएको राहत बितरण गरिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *