काँक्राखोर रामपत्री नेटा मोटरबाटो निर्माण समिति गठन

शान्त खत्री मौसम, बागलुङ ताराखोला, २०७४ भदौ २८ । ताराखोला गाउँपालिका वार्ड नम्बर ३ हिलको कांक्राखोरमा रामपत्रि नेटा ग्रामीण मोटर बाटो उपभोक्त समिति गठन गरिएको छ । आज बसेको टोल भेलाले बल बहादुर घिमिरेको अध्यक्षतामा ९ सदस्य उपभोक्ता समिति गठन गरिएको छ ।

समितिको सचिवमा शान्त खत्री ९ मौसम ० , कोषाध्यक्षमा रिता बिक सदस्यमा टेक बहादुर बिक , मितिलाल निउरे , मनकुमारी भण्डारी , हरिराम गिरी , लालबहादुर घिमिरे र धनबहादुर थापा मगर रहेका छन् भने गंगाप्रसाद निउरे संयोजक रहने गरि ५ सदस्य अनुगमन समिति गठन गरिएको छ । समितिको सदस्यमा मोतिलाल बिक , रुद्रलाल निउरे , मुना घिमिरे र भिमप्रसाद सुवेदी रहेका छन् ।

गाउँ परिषदबाट विनियोजित ४ लाख ८० हजारको रकम बाट लावन रामपत्री हुदै नेटा सम्म ग्रामीण मोटर बाटो निमार्ण गर्ने भनिएको छ ।

कार्यक्रम गाउँपालिका कार्यकारी सदस्य तेजुमाया भण्डारी परियार अध्यक्षता रहेको कार्यक्रममा वार्ड ३ का जनप्रतिनिधि हेमन्त घिमिरेको उपस्थिति रहेको कार्यक्रम सामाजिक परिचालक हर्क बिकको संचालनमा सप्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *