मुसिकोटको आँपचौरमा बुहारी व्दारा ससुरामाथी छुरा प्रहार !

प्रेम सुनार, गुल्मी २०७४ भदौ २८ । गएराति गुल्मीको आँपचौरमा बुहारीले ससुरालाई छुरा प्रहार गरेर सख्त घाईते बनाएकी छन् । मुसिकोट नगरपालिका वडा नम्वर ५ आँपचौरको खर्वाङ् भन्ने गाउँकी ४० वर्षिया गोमा परियारले ५८ वर्षिय ससुरा तुलबहादुर परियारलाई टाउँकोमा छुरा प्रहार गरेकी हुन् ।

मजुवा ईलाका प्रहरी कार्यालयका असई रमैया यादवका अनुसार घाईते ससुराको टाउकोमा डेढ ईन्च गईराईको चोट लागेको छ । हिजो रातिनै उनलाई मजुवाको रुद्रावती अस्पतालमा उपचार गर्न ल्याईएको थियो । हिजो साँझ तुलबहादुरले नतीलाई हप्काउँदै एक दुई थप्पड लगाएको रिसले बुहारीले एक्कासी ससुरालाई टाउँकोमा छुरा प्रहार गरेको असई यादवले जानकारी दिए ।

अहिले विहान छलफल चलिरहेको उनले बताए । उनको छोरा युद्धवीर पनि घरमै थिए । उनिहरु छुट्टिएर अलग अलग बस्दै आई रहेका छन् ।

तस्वीरः घाईते ससुरा तुलबहादुर परियार

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *